वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
मंगल उच्च माविको स्वर्ण जयन्ती सम्पन्न
कीर्तिपुर । मंगल उच्च माविको स्वर्ण जयन्ती विशेष समारोह ३१ गते शुक्रबार मंगल उच्च माविको प्राङ्गणमा सम्पन्न भयो ।
प्रमुख अतिथि राष्ट्रपति डा. रामवरण यादवले पानसमा दीप प्रज्ज्वलन गरी स्वर्ण जयन्ती मूल समारोहको उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा वहाँले मंगल कामना स्वर्ण जयन्ती विशेषाङ्क स्मारिका लोकार्पण र नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।
त्यस अवसरमा राष्ट्रपति यादवले सामुदायिक विद्यालयको रुपमा स्थापित मंगलले गुणस्तरीय शिक्षा निरन्तर दिन सफल होस् भनी कामना गर्नुभयो । वहाँले गणतन्त्र संस्थागत गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुहुदै सविधानसभा निर्वाचनमा सवै क्षेत्रवाट सहयोगको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यालय संचालन व्यवस्थापनमा योगदान पुर्याउनु हुने विद्यालयका शिक्षक र सहयोगी दाताहरुलाई राष्ट्रपतिबाट सम्मानपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनले शिक्षाको विकासमा मंगल उच्च माविको योगदान अविस्मरणीय रहेको बताउदै नीजि विद्यालय र सामुदायिक विद्यालयमा लिइने शुल्क फरक रहेको वारे वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिवशरण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा वहाँले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने विद्यालयका प्र्राचार्य प्रदीप महर्जनले स्वागत मन्तव्यको क्रममा विद्यालयको स्थापनादेखि हालसम्मको प्रगति विवरणबारे स्पष्ट पार्नुभएको थियो ।
सोही दिन राष्ट्रपति यादवले कीर्तिपुरको ऐतिहासिक आराध्यदेव मन्दिर बाघभैरवको दर्शन पनि गर्नुभएको थियो ।

No comments:
Post a Comment