Saturday, June 22, 2013

राष्ट्रपतिको उपचारलाई ६० लाख पेश्की

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

राष्ट्रपतिको उपचारलाई ६० लाख पेश्की

    काठमाडौं । राष्ट्रपति रामवरण यादव उपचारका लागि जापान जाँदा सरकारले ६० लाख रुपैयाँ पेश्की दिएको छ । ६० लाखमध्ये आधा रकम जापानस्थित नेपाली दूतावासलाई राष्ट्रपतिको प्रारम्भिक उपचारका लागि दिइएको र अर्को ३१ लाख राष्ट्रपतिसँग उपचार टोलीमा गएका उनका नातेदार, कर्मचारी र सुरक्षाकर्मीको भत्ता र भैपरी आउने अन्य खर्च भएको जानकारी अर्थ मन्त्रालय स्रोतले दिएको छ ।
   “यो प्रारम्भिक खर्च हो, उपचार र भत्तामा थप खर्च लाग्ने भए सरकारले फेरि दिनेछ,’ राष्ट्रपतिको उपचारका लागि रकम विजियोजन गरेको अर्थ मन्त्रालय स्रोतले भन्यो । यसबाहेक उपचार टोलीका लागि विशिष्ट श्रेणीमा टिकटबापत अलग्गै रकम खर्च भएको स्रोतले जानकारी दिएको छ ।
    उनका साथमा छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक डा.यादव भट्ट, सल्लाहकार सूर्य ढुङ्गेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जन मानसिंह बस्न्यात,  नेपाली सेनाका तीन सुरक्षाकर्मी र सहयोगी गोरखबहादुर तामाङ गरी ११ जना गएका छन् ।
    अर्थ मन्त्रालयका कर्मचारीहरूले राष्ट्रपतिको उपचार टोली ठूलो भए पनि यसमा केही बोल्न नमिल्ने बताए । राष्ट्रपतिसाथ तीनजना सुरक्षाकर्मी जानु आवश्यक नरहेको अर्थका एक उच्च अधिकारीले बताए ।  “सुरक्षाकर्मी जानु पनि अरुजस्तै हो, उनीहरूले प्लेनमा हतियार बोक्न पाउँदैनन्, जापान पुगेपछि उहाँको सुरक्षाका लागि जापानकै सुरक्षाकर्मी उपलब्ध हुनेछन्,’ ती उच्च अधिकारीले जानकारी दिए, “यहाँबाट गएकाको के काम हुन्छ र ?” टोलीमा गएका कतिपय सदस्यको काम पनि राष्ट्रपतिको उपचार खर्च बढाउनेबाहेक अरू नहुने उनले बताए । राष्ट्रपति यादव मंगलबार बिहान टोकियो पुगेका छन् ।
    ठूलो आन्द्रामा घाउ देखिएका राष्ट्रपति रामवरण यादवलाई मङ्गलबार टोकियो अस्पताल भर्ना गरिने जानकारी शीतलिनवासले गराएको छ ।

No comments:

Post a Comment