वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
सिथि पर्व र कुमार जात्रा
उपत्यकाका नेवार समुदायले मनाउने गरी आएको चाडपर्वहरु मध्ये ज्येष्ठ शुक्लपक्ष कुमार षष्ठीको दिन मनाउने पर्व सिथि नखः अर्थात् सिथि पर्व हो ।
यो सिथि द्यः अर्थात् कुमारको जन्म दिनको रुपमा मनाउँदै आइरहेको छ । पौराणिक कथा अनुसार महादेव र पार्वतीले पुत्र कुमारलाई भक्तजनहरुले केही काम गर्दा पहिलो तिम्रो पुजा गर्नु पर्छ भन्ने बरदान दिइराखेकोले कतै पुजा जाँदा घर अगाडिको मण्डपमा हुने क्षेत्रपाल कुमारलाई पहिलो पुजा गर्ने गरिआएको छ ।
कुलको सम्वृद्धिको लागि बैशाख शुक्लपक्ष तृतीया अर्थात् अक्षय तृतीयाका दिनदेखि आ–आफ्नो नियामानुसार कुल देवताको पुजा गर्दछन् । केही कारणले तोकिएको दिन देवाली मनाउन नपाएका र यकिनदिन नभएकाहरुले यो कुमार षष्ठीका दिन आफ्नो कुल देवताको पुजा गरी देवाली मनाउने गरिन्छ ।
उपत्यकावासी प्रायः कृषिमा लाग्ने र मुख्य वाली धान भएकोले रोपाईंलाई विशेष महत्व दिई काममा लाग्न सालभरमा मनाउने चाडपर्वहरुको सिथि अन्तिम पर्वको रुपमा मनाउने गर्दछन् । रोपार्इं सकिएपछि लुटो फाल्ने र भूतप्रेत पन्छाउनेको रुपमा (गठेमुगल) घण्टाकर्णबाट पुनः चाडपर्व सुरु गर्ने गर्छन् ।
काममा लागेपछि बिचमा अलमल गर्न नपरोस् भनी सिथिको दिन घरभित्र र बाहिर पनि सरसफाई गर्ने गरिन्छ । विषयअनुसार माग गर्न देउताहरु पुज्नेमा कुमार देउता पानीको लागि पुज्ने भएकोले यो दिन पानीको मुहान, इनार, कुवा, पोखरी, पनेरो, आदि सरसफाइ गरी पुजा गर्ने गरिआएका छन् । यो दिनदेखि पानीको मुल फुट्ने भएकोले पहिले मलको रुपमा निकाल्ने कालो माटो यो दिनदेखि ननिकाल्ने चलन छ ।
सिथिको पुजामा अन्य पुजाको सारदामको अलावा मास, केराउ, मुगको वारा, माल्पुवा र चटांमरी तयार गर्ने चलन छ । खेतीमा काम गर्दा किरा फट्याङ्ग्रा, जलचर, सर्प आदिको भय हुने भएकोले यस्ताको विष समेत नलागोस् भनि खोपको औषधीको रुपमा यो दिन यस्तो बारा खाने चलन गर्र्दै आइरहेको छ ।
एक समयमा काठमाडौं जैसीदेवलको न्हूधःलमा रहेको गणेश मन्दिर अगाडि एउटा राम्रो केटो रोइरहेको पाइएपछि एक कर्मात्माले आफ्नो घरमा लगि सिथिको दिन परेको हँुदा बारारोटी खुवाउन भान्छामा गई ल्याउँदा मयुरमा चढेको कुमारको दर्शन दिएकोले त्यस केटोलाई सिथि द्यः अर्थात् कुमार भनी मानि आएको छ ।
त्यसको भोलिपल्ट बलम्बुबाट त्यस कुमार केटोको आमाबाबु कहाँबाजा, नाय्खिं बाजा बजाएर खोज्दै आउँदा काठमाडौं आई बसेको थाहा पाएर भेटी कुरा गर्दा नर्फकी सिद्ध भै गएकोले पुजा गरी फर्केछन् । त्यसैकारण सप्तमीका दिन बलम्बुबाट अध्यावधी बाजा बजाई पुजा आउने चलन रहेको छ । त्यसैले बलम्बुको देवलमा देउता नभएको भनि आएको छ ।
कुमार देउताको मूर्ति सूर्यविनायकको सुरु ढोकाभित्र पस्नासाथ एक ठाउँमा र अर्को काठमाडौंको न्हूधःमा रहेको पाइन्छ । कुमार सिथि देउताको जात्रा काठमाडौंको न्हूधःमा मात्र चलाउने गरी आएको छ ।
उपत्यकामा रहेको पुरानो देउताहरु मत्स्येन्द्रनाथ, आदिनाथ, आदिबाट संरक्षण पाइरहे जस्तै यो कुमार देउताबाट पनि संधै आर्शीवाद मिलिरहोस् भनि दशकर्म गरी जात्रा चलाउने गरिआएको छ । यस देउताको जात्रा चलाउने गुठीयारहरुले बछलागा औंसी अर्थात् बैशाख कृष्णपक्ष अमावस्याका दिन थसि (सिद्धिपुर) मा गई सहरका देउताहरुलाई लंपु छाईपिं अर्थात् देउतालाई रंगाई सिंगार्ने नेमकुलहरुलाई बोलाउन जानु पर्दछ । त्यसको तेस्रो दिन तछलाथ्व तृतीया अर्थात् ज्येष्ठ कृष्णपक्ष तृतीयाको दिन विहान टेकु दोभानमा गई नाग स्थापना गरी त्यहाँको जल देउपालाले ल्याउनुपर्दछ । त्यस्तै नेमकुलहरुले पनि नित्यकर्म गरि आउँछन् । साँझतिर दवलीमा कुमार देउतालाई न्हवं लुइगु अर्थात् घडाले नुहाइदिन्छन् । त्यसपछि चोभारको आदिनाथलाई सिंगारी बाँकी रहेकोबाट नेमकुलहरुले लंपु छाय्गु अर्थात् रंग लगाई सिंगारिने गर्दछ । त्यसरी सिंगारपटार पुरा गरी षष्ठीका दिन पाटीमा विराजमान गराई देउता दर्शन गर्न आउनेहरुलाई खुला रुपमा राखिदिने गर्दछ । त्यसको भोलिपल्ट सप्तमीको दिन पहिले भए कुमारीको साथ कुमारीलाई घुमाएजस्तै गरी जात्रा मनाउने गर्दथ्ये । हाल सहयोगको कमीले गर्दा पाटीमा ल्याई राख्नेमात्र गर्ने गर्दछ । त्यस दिनभरी पार्टीमा राखी साँझ खतबाट निकाली थकाली र नंकी अर्थात् जेठो र जेठीले स्वागत पुजा गरी भित्रलगि यथास्थानमा राख्ने गरिन्छ । त्यसपछि भक्तजनहरुको लागि दर्शन गर्न खुला राखिएको
हुन्छ ।
यो कुमार देवता पुज्नेलाई असल, सुखी सन्तान पाउने, मुद्दा मामिलामा जीत हुने र स्वास्थ्य लाभ हुने भनि मानि आएका छन् । यस देवतालाई पुजा गर्दाको दीप विस्तारै बले काम विस्तारै, छिटो बले छिटो नै र बालेको दीप बिचमा निभे मान्छे बित्ने र मुद्दा भए हार्ने भन्ने जनविश्वास छ । यसैलाई मानेर हालसम्म पनि पुजा गर्न आउनेहरु छन् । पहिले पुजारीहरुले पुजाको फल भनिदिनेमा पुराना पुजारीहरु बितिसकेकोले अहिले पुजाको फल भन्नेहरु छैनन् । यसरी कुमार सिथि द्यःको जन्मदिनको रुपमा पुजी सिथि नखः अर्थात् सिथि पर्व मनाइ आइरहेका छन् ।
यो रक्तवर्णको मयुरमाथि चढेको सिथि द्यः अर्थात् कुमारको काठबाट बनेको मूर्ति कहिले बनेको भनि यकिन भएको छैन । यसको मतु नेपाल सम्बत् ९०४ मा चढाइराखेको लेखेको छ भने ने.सं. ९४५ मा खुट्टाको सारस काठबाट बनाइएको देखिन्छ ।

![]() |
— अर्जुन महर्जन, सहिदपथ, पाँगा |
No comments:
Post a Comment