वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
प्रचण्डको बीस वर्षमा भारतीय नागरिक बन्ने खतरा !
पुरानो विचार बोकेका नयाँ पुस्ताको नेतृत्वको काम छैन
एमाओवादीभित्र नेतृत्वमा नयाँ पुस्ताको चर्चा चलाइएको छ । मुख्य पदहरूमा दुईपटक कार्यकाल पूरा गरिसकेका र ६५ वर्ष पुगेका नेताहरूलाई कार्यकारी पदमा राख्न नहुने प्रस्ताव गरिएको छ । यसअघि नेकामा पनि नेतृत्वमा नयाँ पुस्ताबारे चर्चा चलाइएको थियो । संविधानसभा निर्वाचन पूर्व युवा पुस्ताको उम्मेदवारी बढाउनेबारे एउटा गैरसरकारी संस्थाको आयोजनामा बहस नै चलाइएको थियो । एमालेभित्र पनि नेतृत्वमा नयाँ पुस्ताबारे चर्चा चलाइएको थियो । ती पार्टीहरूले नयाँ पुस्ताको नाममा केही युवाहरूलाई केन्द्रीय समितिमा समावेश पनि गरे ।
नेपाल मजदुर किसान पार्टीले नयाँ पुस्ता उमेरको साथसाथै नयाँ विचार पनि रहेकोतर्फ जोड दिएको छ । यो यथार्थलाई कान्तिपुर दैनिकको असार ३ गतेको सम्पादकीयमा यसरी समर्थन गरियो –‘निश्चय पनि युवा नेता भएरमात्र पार्टी, राजनीति वा देशले फरक ऊर्जा पाउने होइन । मुख्य कुरा नयाँ सोचाइ र दृष्टिकोण हो । ‘कामदार वर्गका महान् गुरु कार्ल माकर्सले मानव जातिको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास बताउनुभएको थियो । दास र दास मालिकबीचको संघर्ष, भूदास (किसान) र जमिनदारबीचको संघर्ष, पूँजीपति र सामन्त (राजामहाराजा) बीचको संघर्ष, मजदुर र पूँजीपति वर्गबीचको संघर्षले मानव जातिको इतिहास वर्गसंघर्ष नै भएको पुष्टि गर्छ । वर्तमान विश्व मजदुर र पूँजीपति वर्गबीचको संघर्षको छ ।
पूँजीवाद आएको चार सय वर्ष भयो । राजामहाराजा र सामन्त वर्गको विरोधमा उठेको पूँजीवादले कामदार वर्गलाई थिचोमिचो र शोषण गरे । पूँजी लगानी गरी आफूले काम नगरी अरुलाई काम गराएर नाफा लिने व्यवस्था नै पूँजीवाद हो । पूँजीवादले मानव जातिको कल्याण गर्न नसकेको हुँदा कार्ल माकर्स र एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गरी उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण गर्ने र शोषण गर्न नपाउने वैज्ञानिक समाजवादी विचार अघि सार्नुभयो । आज विश्वमा युद्ध, अशान्ति र शोषणको कारण नै पूँजीवाद र साम्राज्यवाद भएको छ । एक प्रतिशत जनसंख्या रहेको पूँजीपति वर्गले ३९ प्रतिशत साधनस्रोतमा कब्जा जमाएको छ । यसकारण न्युयोर्कबाट सुरु भएको ‘वालस्ट्रिट कब्जा गर’ आन्दोलन संसारभरी फैलियो ।
पार्टी नेतृत्वमा उमेरले युवामात्र भएर पुग्दैन, विचार नयाँ बोकेको हुनुपर्छ । शोषणमा आधारित पूँजीवादी विचार पुरानो र मक्किएको हो । कुनै युवाले पुरानो र मक्किएको पूँजीवादी विचार बोकेर नयाँ पुस्ता दाबी गर्छ भने युग सुहाउँदो हुनेछैन । आ–आफूलाई कम्युनिष्ट पार्टी दाबी गरेका एमाओवादी र एमालेलाई यो नीति लागू हुन्छ । तर एमालेको राजनीति नेका र राप्रपाको बाटोमा गयो भने एमाओवादीको राजनीति एमालेको बाटोमा गयो अर्थात् एमाले भाइ काँग्रेस भयो भने एमाओवादी भाइ एमाले भयो । यसकारण ती पार्टीमा पुरानो विचार बोक्ने नयाँ पुस्ता पार्टी नेतृत्वमा आएर कुनै मौलिक परिवर्तन आउँदैन ।
गुण्डाको धरौटी राख्नेहरू मतियार हुने
प्रधानन्यायाधीश नेतृत्वका पूर्वसचिवहरू मन्त्री रहेको सरकारले जेठ ३१ गते औपचारिक र अनौपचारिक सात घण्टा बैठक बसेर आगामी मंसिर ४ गते मंगलबारको लागि संविधानसभाको दोस्रो निर्वाचन गर्ने तिथि सार्वजनिक ग¥यो । समानुपातिक सदस्य प्रतिनिधित्वको लागि निश्चित प्रतिशत मत ल्याउनुपर्ने थ्रेसहोल्ड हटायो । तर फौजदारी कसुरमा अदालतबाट सजाय पाएकाले चुनाव उठ्न पाउने र उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्न नपर्ने व्यवस्था गरी राजनीतिमा अपराधीकरणलाई प्रश्रय दिइयो । राजनीतिमा अपराधीकरण पञ्चायत कालमा थियो । बहुदलीय व्यवस्थाको पुनःस्थापनालगत्तै सरकारमा गएका नेका र एमालेलगायत दलले राजनीतिमा अपराधीकरण रोक्नुपर्ने थियो । तर सकेनन् । पञ्चायतको समाप्तिलगत्तै अन्तरिम सरकारको नेतृत्व गरेको नेकाले पञ्चायतले बुनेका डीबी लामा र भरत गुरुङलगायतलाई करोडौं रकम असुल गरी छोडे । नेकाको गलत काम एमालेले दोहो¥यायो र उद्योगी व्यापारीको नाममा कालोबजारी र तस्करी गरेकालाई मन्त्री बनायो । यसको उदाहरण हरिप्रसाद पाण्डे हो । पाण्डेले एमालेबाट मन्त्री भइसकेपछि आफूलाई भ्रष्टाचारमा जेल हाल्न सार्वजनिक रुपमै अपिल गरेका थिए । संविधानसभाको चुनावपछि एमाओवादीले अर्बपति पद्म ज्योति, नेकाले अर्बपति दीवाकर गोल्छा, एमालेले अर्बपति विनोद चौधरी, माले सीपी मैनालीले अर्बपति राजेन्द्र खेतान, मधेसी दलले केडिया र अग्रवालहरूलाई समानुपातिकमा सदस्य बनाएका थिए ।
जेठ २१ को नागरिक दैनिकमा राजनीतिक दल (शासक?) का आडमा रहेका गुण्डाका नाइकेहरूले पटकपटक अनुसन्धान प्रक्रियालाई बीचैमा तुहाउने प्रयास गरेको समाचार प्रकाशित भयो । सोही दैनिकमा न्यायाधीश नियुक्तिमा प्रमुख दल निकट न्यायपरिषद् सदस्यबीच भागबण्डा नमिल्दा बैठक निष्कर्षहीन भई स्थगित भएको खबर छापियो । नागरिक दैनिकको जेठ ३१ गतेको अङ्कमा गुण्डाको नाइके पर्शुराम बस्नेतसँग विशेष अदालतले मागेको रु. २ करोड धरौटी एमालेको युवा संघ नेपालले जुटाउने समाचार प्रकाशित भयो । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले लडाकूको नाममा अर्बौं रुपैयाँको भ्रष्टाचार गर्ने पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नाममा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परे पनि छानबिन नभएको दाबी गरे । (नागरिक जेठ ३१) सर्पको खुट्टा सर्पले देख्छ भनेझैं शासक दलहरू एकले अर्कोलाई भ्रष्टाचारीको आरोप लगाउँदै फौजदारी कसुरमा अदालतबाट सजाय पाएकालाई उम्मेदवार बनाउन सहमत भए । केही न्यायाधीशहरू असार २ गते सपथ लिएर एमालेका नेता खनाललाई बल्खुमा भेट्न गए ।
सम्पन्न जनता कि भारतीय नागरिक ?
एमाओवादी अध्यक्ष प्रचण्डले भने –तपाईंहरू एमाओवादीलाई भोट दिनुस् । हामी शक्तिशाली र सम्पन्न नेपाल दिन्छौं । (कान्तिपुर असार ३ गते) । यस्तै असार २ गतेको नागरिक दैनिकमा प्रचण्डले भनेका थिए– ‘चुनावमा एमाओवादीको दुईतिहाइ बहुमत भए ५ वर्षमा नयाँ नेपाल, ११ वर्षमा समृद्ध नेपाल र २१ वर्षमा समृद्ध जनता बनाउनेछौं ।’ एमाओवादीको हेटांैडा महाधिवेशन भएको पाँच महिना भयो । अहिलेसम्म राजनीतिक प्रतिवेदन र विधान केन्द्रीय समितिबाट पारित भएको छैन । प्रचण्डको उत्पादन वृद्धि गर्न पूँजीवादी क्रान्तिबारे केन्द्रीय सदस्यहरू नै स्पष्ट छैनन् । केन्द्रीय नेता राम कार्कीले भने – ‘राजनीतिक प्रतिवेदन र विधान केन्द्रीय समितिहरू पेश भएको छैन । हिजो संसदीय व्यवस्थाको विरोध गर्दै युद्धमा गयौं । अहिले त्यही (संसदीय व्यवस्था) मा फर्कन खोजिरहेको जस्तो छ ।’ प्रचण्डले महाधिवेशनमा देशको सीमासम्बन्धी विवाद जनमतसंग्रहबाट समाधान गर्ने बताएका थिए । यसको विरोध भएपछि हटाइयो । तर राजनीतिक प्रतिवेदनमा सीमासम्बन्धी विवाद जनमतसंग्रहबाटै समाधान गर्ने व्यवस्था घुसाउन खोजिएको हुँदा केन्द्रीय समितिमा पेस हुन नसकेको अड्कल काटिएको छ । यसरी प्रचण्डको शक्तिशाली र सम्पन्न नेपाल, समृद्ध नेपाल र समृद्ध जनता लेण्डुप दोर्जेको बाटो बन्ने खतरा बढ्दो छ ।
साथै पूँजीवादी उत्पादन वृद्धिमा लागेका एमाओवादी नेताहरूको जीवन शैली सर्वहाराकरण हुने अपेक्षा पनि दीवास्वप्न हुने अवस्था छ । भारतीय प्राध्यापक एसडी मुनीका अनुसार उत्तर प्रदेश, विहार हिमाञ्चल प्रदेशका साथै मुम्बई र दिल्लीबाट सैनिक सञ्चालन गरी ‘जनयुद्ध’ लागेका प्रचण्ड र बाबुरामको एमाओवादी भारतको – ‘ट्रोजन हर्स’ सावित हुँदैछ । यसकारण सम्पन्न नेपाली जनता होइन भारतीय नागरिक बन्ने खतरा बढ्दो छ । नेपाली जनता यतातर्फ सचेत हुनु आवश्यक छ ।

— प्रज्ज्वल
No comments:
Post a Comment