Saturday, June 22, 2013

टेलिकम रिचार्जको समयावधि बढ्यो

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

टेलिकम रिचार्जको समयावधि बढ्यो

    काठमाडौं । नेपाल टेलिकमले प्रि–पेड सेवाको रिचार्जको समयावधि बुधवारदेखि लागू हुने गरी बुद्धि गरेको छ । कम्पनीले जी.एस.एम र सी.डी.एम.ए प्रविधिको मोवाइलमा रिचार्ज कार्डको समयावधि वृद्धि गरेको हो । एमपोज पिनलेसबाट रिचार्ज गर्दा पनि समायवधि बढ्ने टेलिकमले जनाएको छ । अब टेलिकमका प्रयोगकर्ताले १ सय रुपैयाँको रिचार्ज गरेपछि ६० दिनसम्म त्यसको प्रयोग गर्न पाउने छन् । ५ सय रुपियाँको रिचार्ज गर्दा करिब एक बर्ष अर्थात् ३ सय ६० दिन पुग्ने छ । त्यसैगरि १ हजारको रिचार्ज गर्दा ७ सय ३० दिनको मान्यता हुने टेलिकमले जनाएको छ ।
   एमपोस पिनलेसबाट १० रुपियाँको रिचार्ज १ दिनबाट ५ दिन पुग्ने र २१ रुपियाँको रिचार्ज गर्दा १० दिनसम्म पग्ने भएको छ । त्यस्तै ५० रुपैयाँको रिचार्ज गर्दा एक महिनाको सेवा मान्यता पूग्ने टेलिकमले जनाएको छ ।

No comments:

Post a Comment