Friday, June 28, 2013

'हिलटाउनका विद्यार्थीले उत्कृष्ट हासिल गर्न सकोस्'— त्रिवि उपकुलपति

वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)

'हिलटाउनका विद्यार्थीले उत्कृष्ट हासिल गर्न सकोस्'— त्रिवि उपकुलपति

    कीर्तिपुर  । प्रवेशिका परीक्षा २०६९ मा हिलटाउन उच्च मावि मा सर्वोत्कृष्ट हुने छात्रा लुमन्ती महर्जन र छात्र दिपेश तण्डुकारले नगद पुरस्कार जनही २५सय पुरस्कार प्राप्त गरेका छन् । दुवैजनाले बराबर अंक प्राप्त गरेकोले दामासाहीमा वितरण गरिएको हो ।
    असार ७ गते स्कुलको आयोजनामा कुष्ण क्याटरिङ्गमा भएको बधाई तथा विदाई कार्यक्रममा प्रमुख अतिथि त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनले सो पुरस्कार प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा विद्यालयबाट ८ जना विशिष्ट, ३१ जना प्रथम र १ द्वितीय श्रेणीमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाईका साथ मायाको चिनो प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा वहाँले विद्यालयको सफलता विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको राम्रो समन्वय र सहयोगले भएको हो भन्नुहुँदै भोलिका दिन अझ सुमधुर सम्बन्ध राखी सफलताको शिखरमा पुग्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुले आफूले सिकेको ज्ञान परिवार र समाजको हितमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अब उच्च शिक्षामा धेरै मेहनत गरी एउटा विषयमा विशेषज्ञता हासिल गर्न सकोस् भन्नुभयो ।
    विद्यालयका निर्देशक रमेश महर्जनले एसएलसी एउटा खुड्किलो पार भएको मात्र हो अब उच्च शिक्षामा धेरै जिम्मेवारी साथ अध्ययन गर्नुपर्दछ भन्नुभयो ।
    प्रिन्सिपल राजन तण्डुकारले हिलटाउनबाट उत्तीर्ण विद्यार्थीलाई यही उच्च शिक्षामा अध्ययन गर्न आग्रह गर्नुभयो ।
      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रम विद्यार्थी लुमन्ती महर्जन र आदित महर्जन, विद्यालयका क्याप्टेन जेम्स महर्जनले पनि बोल्नुभएको थियो ।
    कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुद्वारा गीत, नृत्य प्रस्तुत गरिएको थियो ।

No comments:

Post a Comment