वर्ष १०, अंक १३ (२०७० असार १४ गते शुक्रबार प्रकाशित)
“विद्यार्थी जीवन चुनौतीको सामना गर्ने समय हो” – बास्कोटा
कीर्तिपुर । विद्यार्थी जीवन हरेक चुनौतीहरुको सामना गर्ने समय हो । समाजमा परीक्षाको समय कहिल्यै अन्त हुँदैन सो भनाई राराहिल मेमोरियल स्कुलद्वारा आयोजित प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा स्वागत कार्यक्रममा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धव बास्कोटाले व्यक्त गर्नुभएको हो ।
कार्यक्रमको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुहुँदै बहाँले प्रवेशिका परीक्षामा सफलपछि सबैमा सफल भएको नसोच्न आग्रह गर्नुभयो । उच्च शिक्षामा विशेषज्ञ हासिल गर्ने उद्देश्यका साथ निरास नभइकन अध्ययनमा जोड दिन सल्लाह दिनुभयो । वहाँले उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल जगत बहादुर महर्जनले लक्ष्य लिएर अध्ययन गर्नु सफलता मिल्ने छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबज्र बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा राराहिल आल्मुनाई एशोसियशनका अध्यक्ष आकाश महर्जन, शिक्षिका रिद्दि भन्सारी, प्रविण तण्डुकारलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्व.पलिष्ठा मानन्धरको सम्झनामा स्थापित एसएलसी उत्कृष्टलाई प्रदान गरिने नगद पुरस्कार यसवर्ष सर्वोत्कृष्ट हुन सफल संगीत श्रेष्ठलाई १० हजार नगद पुरस्कार स्व.पलिष्ठाका पिता प्रविण मानन्धर र माता लक्ष्मी मानन्धरले प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राराहिलको १० वर्षको प्रवेशिक्षा परीक्षाको नतिजा पावर प्वाइन्टमा देखाएको थियो ।
कार्यक्रम सुरु हुनु भन्दा अधि विद्यालयको गतिविधिको फोटो प्रदर्शन गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुबाट सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

No comments:
Post a Comment