वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
पत्रकारहरूको तलब
रु. १५ हजार हुनुपर्छ – महासंघ
काठमाडौं। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको न्यूनतम मासिक तलब रु. १५ हजारभन्दा माथि बनाउने अभियानलाई तीब्ररूपमा अगाडि बढाउने भएको छ ।
महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले निरन्तर ३१ वर्ष पत्रकारिता गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मान वृति’ कार्यक्रम अन्तर्गत वार्षिक रु. ६ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको महासंघका महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले महासंघ संविधानसभाको निर्वाचन भयरहित वातावरणमा तोकिएकै समयमा गर्न तथा असन्तुष्ट राजनीतिक दलहरूले अघि सारेका मागहरूप्रति गम्भीर बन्दै उनीहरूलाई पनि संविधानसभाको निर्वाचनमा ल्याउन विशेष पहल गर्न प्रमुख राजनीतिक दल र सरकारसँग आग्रह गरेको छ।
महासंघको अगुवाइमा प्रेस रजिष्टर र न्यूनतम पारिश्रमिक निर्धारण समितिसहितको संयुक्त अनुगमन तथा दबाबमूलक अभियान सञ्चार गृहहरूमा दुई महिना सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बैठकले पत्रपत्रिकाको वर्गीकरण गर्ने कामबाट काउन्सिललाई अलग राख्न सरकारसँग आग्रह गर्दै एउटा स्वतन्त्र र व्यावसायिक संयन्त्रमार्फत् पत्रपत्रिकाको वर्गीकरण र मूल्याङ्कन गर्न आग्रह गरेको छ ।

No comments:
Post a Comment