Wednesday, August 28, 2013

सात दिनसम्म कुखुरा र कुखुराजन्य पदार्थको किनवेच बन्द कीर्तिपुरमा वर्डफ्लुः ५ हजार कुखुरा नष्ट

वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)

सात दिनसम्म कुखुरा र कुखुराजन्य पदार्थको किनवेच बन्द

कीर्तिपुरमा वर्डफ्लुः ५ हजार कुखुरा नष्ट

    कामाठण्डौं । सरकारले उपत्यकामा साउन १७ गतेदेखि कुखरा र कुखुराजन्य पदार्थ किनबेचमा रोक लगाएको छ । उपत्यका एक दर्जन भन्दा बढी ठाउँमा बर्डफ्लु देखिएपछि सरकारले सात दिनसम्म विक्री वितरण रोक लगाउन लागेको हो ।
     बर्डफ्लु १५ दिन यता उपत्यकाका विभित्र १६ ठाउँका बर्डफ्लु संक्रमित कुखुरा भेटिएको र यस्ता संकमित कुखुरा भेटिनेक्रम बढेपछि नियत्रण गर्न किनबेच मै रोक लगाएको हो ।
    किनबेचमा रोक लगाउने निर्णय काठमाण्डौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सहितको बैठक वसी निर्णय गरेको हो । पशु स्वास्थ्य ऐनअनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए जिल्ला पशुसेवा कार्यालयप्रमुखले मात्र यस्तो प्रतिबन्ध लगायत सक्ने प्रावधान रहेको छ ।
    काठमाडौं जिल्लाको कीर्तिपुरमा पहिलो पटक वर्डफ्लु भेटिएको छ । कीर्तिपुर नपा वडा नं. १५ छाप लनगोलमा साउन ११ गते शुक्रबार पहिलो पटक वर्डफ्लु संक्रमित कुखुरा फार्म फेला परेको हो । त्यहाँ त्यही दिन २ हजार ५ सय वटा कुखुरा नष्ट गरेको थियो भने त्यसको ३ दिनपछि सोमबार लनगोल छापमै देवसिंको कुखुरा फार्ममा अर्को वर्डफ्लु कुखुरा भेटिएको हो । त्यहा“ पनि २ हजार कुखुरा नष्ट गरेको पशु सेवा निर्देशनालय रविभवनले जनाएको छ ।
    उपत्यकामा साउनसम्म १५ पटक वर्डफ्लु भेटिएको निर्देशनालयले जनाएको छ जसमध्ये काठमाडौंमा १० पटक, भक्तपुरमा ५ पटक र ललितपुरमा १ पटक हो ।
    कीर्तिपुरमा फर्म व्यवसायीहरु बस्तीको नजिक नजिक भएकोले मानिसमा रोग सर्ने सम्भावना धेरै छन् । वर्डफ्लु जोखिमबाट मुक्त हुन कुखुरा फर्म कम्तीमा ३ कि.मि. पर हुनुपर्ने पशु चिकित्सकहरु बताउनुहुन्छ ।
    कीर्तिपुरमा संचालित कुखुरा फर्महरु सबैले वर्डफ्लु छ/छैन तुरुन्त परीक्ष्ँण गर्नुपर्ने जरुरी भैसकेको छ ।

No comments:

Post a Comment