वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
पाँगा माध्यमिक विद्यलयका
उज्ज्वल प्रकास खनाल काठमाडौंमै उत्कृष्ट
पाँगा माध्यमिक विद्यालयका मेधावी विद्यार्थी उज्ज्वल प्रकाश खनालले
प्रवेशिका परीक्षा २०६९ मा ७४१ (९२.६३%) प्राप्त गरी काठमाडौंमै
सर्वोत्कृष्ट हुन पुगेका छन् ।
मेधावी विद्यार्थीले अग्रेजी र
सामाजिक विषयमा प्राप्त गरेका अंकमा चीत्त नवुझी पुनर्योग गर्दा झण्डै ५०
दिनपछि निकालेको परिणाममा अँग्रेजी विषयमा ९ अंक वृद्धि भएपछि
सर्वोत्कष्ट हुन पुगेको हो ।
पाँगा माविले १५ गते मंगलबार एक
पत्रकार भेटघाटमा सो कुराको जानकारी गर्नु भएको हो । पत्रकार भेटमा वितिरत
विज्ञप्तिमा सिमित रुपमा भएपनि पुनर्योगको नतिजाबाट विद्यार्थीले न्याय
पाएकोमा सन्तोष र गर्व गरेका छन् ।
तर उत्तरपुस्तिका परीक्षणमा
हुने लापर्वाहीले होन्हार र मेधावी विद्यार्थीको जीवनमा पर्ने नकारात्मक
प्रभावतर्फ सचेत रहन सम्पूर्ण परीक्षकहरुको ध्यान आकृष्ट गर्दै
पुनर्योगको नतिजा प्रकाशन ढिलाइले गर्दा कीर्तिपुर क्षेत्रमा
सर्वोत्कृष्टलाई प्रदान गरिने विभिन्न पुरस्कारबाट बञ्चित हुनुपरेकोमा दुःख
ब्यक्त गरेका छन् ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका
अध्यक्ष प्रा.डा.नन्दबहादुर महर्जन र विद्यालय प्रधानाध्यापक रमेशमान
महर्जनले परीक्षा नियन्त्रण कार्यालय, उत्तरपुस्तिका परीक्ष्ँकको
लापर्वाहीमा विशेष ध्यान पुर्याउन पर्ने आग्रह गर्दै पत्रकारको जिज्ञासालाई
मेट्नु भएको थियो ।
No comments:
Post a Comment