Wednesday, August 28, 2013

साबित्री श्रेष्ठलाई मानब अधिकार पुरस्कार

वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)

साबित्री श्रेष्ठलाई मानब अधिकार पुरस्कार

    काठमाडौ । ओखलढुंगाकी सावित्री श्रेष्ठलाई यो वर्षको प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मान गरिने भएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले दण्डहीनता अन्त्यमा श्रेष्ठको योगदान महत्वपूर्ण रहेकाले श्रेष्ठलाई पुरस्कार सहित सम्मान गर्न लागेको जानकारी दिएको छ ।
    बुधबार काठमाडौमा कार्यक्रम गरी सम्मानपत्र सहित उहाँलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सावित्रीका भाई उज्जन कुमार श्रेष्ठको हत्यामा सलंग्न रहेको अभियोगमा नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले दोषी ठहर गरेपनि सरकारले कार्यान्वयन नगरेपछि सावित्री श्रेष्ठ न्यायका लागि लड्दै आउनुभएको छ ।
    इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको स्मृतिमा २०५० सालमा स्थापना गरिएको यो पुरस्कारबाट १८ जना सम्मानित भइसकेका छन् ।

No comments:

Post a Comment