वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
क्यास र द्यास
माओवादीको जीवनमरण
संविधानसभाको निर्वाचन र गैरसंवैधानिक सरकारको राजीनामा विषयलाई लिएर दुई
माओवादी क्यास एमाओवादी र द्यास माओवादी जीवनमरणको संघर्षमा उत्रेको छ ।
संविधानसभा मंसीर ४ को निर्वाचन बहिस्कार र खिलराजको मन्त्रीपरिषद्
तुरुन्त खारेज हुनुपर्ने माग सहित दयास माओवादीले रत्नपार्कमा एक कार्यक्रम
गरी नमूना मत पेटिका फुटाएपछि क्यास एमाओवादीका अध्यक्षले निर्वाचन
जीवनमरणको संज्ञा दिएका छन् ।
चार दल जसरी पनि निर्वाचन
गर्नुपर्ने भन्दै बहिस्कारवादीको हात खुट्टा भाँच्ने र गाउँगाउँबाट लखेट्ने
निर्देशन लगतै सरकारी प्रशासनले लतिलपुरमा गिरफ्तार गर्नुको साथै लाठी
वर्षाउने घटना भयो ।
क्यास माओवादी पूँजीवादमा आत्मसमर्पण र
विदेशी दलाल भन्दै छुटेका द्यास माओवादी अहिलेदेखि नै भित्तामा पोष्टर र
बालपेन्टिङ्गले बहिस्कारको नाराले सिंगारिँदै छने भने क्यासले YCL को
शक्तिले रोक्न खोज्दै छ ।
देश अहिले निकै कमजोर अवस्थामा रहेको छ
विदेशको इसारामा चार शासक दल र नयाँ चुनावी मन्त्रीमण्डल समेत नाचिरहेका
छन् । वैदेशिक हस्तक्षेपको भूमिका बनाउने काम जसरी पनि सत्तामा पुग्न
खोज्ने दलहरुबाट भैरहेको झन झन स्पष्ट हुँदै आएको छ । धमिलो पानीमा माछा
मार्ने काम ती नै दलहरुबाट भैरहेको छ ।
देशमा राजनैतिक निकास
दिनु जरुरी छ । त्यसको उत्तम उपाय भनेको अहिले निर्वाचननै हो । तर
निर्वाचनको लागि निर्वाचन हुने खतरा बढेको छ । वैदेशिक हस्तक्षेपको लागि
निर्वाचन हुने शंका बढेको छ । विरलै हुने संविधानसभाको दोस्रो निर्वाचनमा
पहिलेको सहमति मान्दैनौं भन्नेहरुले धेरै सिट जितेमा थप जटिलता हुने पक्का छ
भने अर्बौं रुपैयाँ फेरि भत्ता र चुनावमा मात्र खर्च हुनेछ ।
त्यसैले अबको निकास भनेको संसदीय निर्वाचन हो । द्यास र क्यास देश र जनताका
लागि निकासा निकाल्ने हो भने छातिमा हात राखेर सोच्नु हामीले देश कहाँ
पुर्याउँदै छौं । होइन भने त्यस्ता दलहरुलाई अब जनताले चिन्ने बेला भैसक्यो ।
अब पनि जनता विरोधी दलहरुलाई चिन्न सकेनौं भने देश भड्खालोमा जाने निश्चित
छ ।
No comments:
Post a Comment