Wednesday, August 28, 2013

ठूला दल भारतीय विस्तारवादका दलाल

वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)

ठूला दल भारतीय विस्तारवादका दलाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी, टोखा चण्डेश्वरी गाँउ एकाइ समिति र टोखा सरस्वती गाँउ एकाइ समितिको संयुक्त आयोजनामा शनिबार टोखामा ’वैदेशिक हस्तक्षेपविरूद्ध अभियान’ विषयक विचार गोष्ठी सम्पत्र भयो ।
    गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध समिति प्रमुख प्रेम सुवालले देशमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र युरोपेली युनियनलगायतका देशहरूको हस्तक्षेप बढ्दै गएको र नेपाललाई एक एक पाइला गर्दै सिक्किमीकरण गर्न लागिरहेको बताउनुभयो ।
    ठूला राजनैतिक दलहरू भारतीय विस्तारवादको दलाल भएको चर्चा गर्दै एमाओवादीले भारतकै आडमा दसवर्षे जनयुद्ध लडेको हुँदा अहिले माओवादी भारतलाई त्यसको ऋण तिर्न बाबुराम अर्को ‘लेण्डुप दोर्जे’ बत्रे बताउनुभयो ।
    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष नवराज कोइरालाले देशका ठूला दलहरूले आफूलाई ठूला पार्टीको रूपमा स्थापित गर्न देशको नदीनाला भारतलाई बेचेको बताउनुभयो ।
    कार्यक्रममा नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन,  टोखा चण्डेश्वरी गाँउ एकाइ समितिका अध्यक्ष काशीलाल डंगोललगायतले बोल्नुभएको थियो । टोखा सरस्वती गाँउ एकाइ समितिका अध्यक्ष हरिदास श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment