Wednesday, August 28, 2013

कीर्तिपुर अस्पताल खुल्यो अस्पताल ब्यवस्थित संचालनको लागि कार्यदल गठन गरिने

वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर अस्पताल खुल्यो

अस्पताल ब्यवस्थित संचालनको लागि कार्यदल गठन गरिने

    कीर्तिपुर । कीर्तिपरका अस्पतालका सुरुक्षा आभूति नभए सम्म साउन १२ गते देखि  गरेको अनिश्चिकालिन बन्द विहीवारबाट खुला भएको छ ।
    बुधवार सर्वदलीय सर्वपक्षीय वैठकमा अस्पतालको तर्फबाट र उपस्थित प्रतिनिधिहरुबाट अस्पताल खोल्नुपर्ने आवाज उठाएपछि अस्पताल खुला गरिएको हो । अस्पताल सुब्यवस्थित संचालन गर्ने सम्बन्धमा बुधवार  अस्पतालको सभाहलमा कीर्तिपुर नगरपालिका, राजनैतिक दल, नागरिक समाज, पीडित पक्ष र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितीमा भएको वैठकबाट ब्यवस्थित अस्पताल संचालनको लागि कार्यदल गठन गरिने सहमति भएको छ । सो वैठकमा अस्पतालको पक्षबाट तत्काल सेवामा रहेका सम्बन्धित डाक्टर, अस्पतालका निर्देशक भरत प्रधानले अस्पतालको पक्षबाट गरेको सेवा वारे प्रष्ट पार्नुभएको थियो ।
    वैठकमा राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेसका राजकुमार नकर्मी, नेकपा एमालेका सुरेन्द्र मानन्धर, एमाओवादीका पञ्चलाल महर्जन, सिद्धिकुमार महर्जन, नेमकिपाका हरिकुमार महर्जन, नेपाः राष्ट्रिय पार्टीका कृष्णहरि महर्जन, नजरराम महर्जन, नागरिक समाजका हरिशरण महर्जन,  गणेश महर्जन, कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले कीर्तिपुर जनताको हितमा आ–आफ्नो धारणा राखेका थिए ।
    वैठकमा  पीडित हिसिला महर्जनको पाठेघर निकालेको सन्दर्भमा तत्काल निर्णय गर्नुपर्ने आवाज उठेपछि  वैठकमा होहल्ला भएको थियो ।
साउन ११ गते के भयो ?
    फेक्टद्वारा संचालित कीर्तिपुर नपा वडा नं. २ स्थित कीर्तिपुर अस्पतालको नवनिर्मित भवनका झ्यालका सिसाहरु  साउन ११ गते शुक्रबार तोडफोड भएका छन् ।
    अस्पतालको लापरवाहीले स्थानीय देवढोकाका राकेश र सीता महर्जनका ५ महिने छोरीको सही परीक्षण नगरी उपचार ढिलाई भई अर्को अस्पतालमा उपचार क्रममै मृत्यु भएको र त्यसबारे ११ गते बिहीबार वार्ता गरी शुक्रबार विहान अन्तिम वार्ता गर्ने सहमति भएपनि समयमा सम्बन्धित अस्पतालका वार्ता टोली उपस्थित नभएकोले पीडित र स्थानीय जनताले अस्पतालका सिसाहरु तोडफोड गरेका थिए । तोडफोड साम्य पार्न कीर्तिपुरबाट खटी आएका प्रहरीलाई हाम्मेहाम्मे भएपछि थप प्रहरी बल बोलाएको थियो ।
    त्यही दिन बसेको वार्ताको सहमतिले मानवीय समवेदना राख्दै मृतका पिता राकेश महर्जनलाई फेक्ट नेपाल कीर्तिपुर अस्पतालले १ लाख ५० हजार नगद क्षतिपूर्ति स्वरुप आइतबारसम्म प्रदान गर्ने र कीर्तिपुर अस्पतालको व्यवस्थापन सुदृढ गर्न भएका कमीकमजोरीलाई सुधार गर्न सर्वदलीय, सर्वपक्षीय साउन १६ गते विहान १० बजे कीर्तिपुर अस्पताल बैठक कक्षमा बस्ने र सो बैठक अर्का पीडित हिसिला महर्जनको विषयमा पनि छलफल गरी निर्णयमा पुग्ने र छानवीन समिति गठन गरी सहयोग गर्ने सहमति भएका थिए ।
    सहमतिमा कीर्तिपुर अस्पतालको तर्फबाट डा. भरत प्रधानाङ्ग, सरोज धिताल, स्नेह सायमी, सुमन श्रेष्ठ, तारा भुर्तेल र स्थानीयको तर्फबाट राकेश महर्जन, सिद्धिकुमार मानन्धर, कृष्णमान डंगोल, सुरेन्द्र महर्जन, विरेन्द्र शाक्य, मचाभाई महर्जन र सुरक्षा निकायका कीर्तिपुर प्रहरी निरीक्षक गोविन्द थापाद्वारा हस्ताक्षर गरिएको थियो ।

No comments:

Post a Comment