वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
हर्ष रत्न र मण्डलाबाट कीर्तिपुरका विद्यार्थीहरु सम्मानित
१७ औं हर्षरत्न र १३ औं मण्डला सिरपाः पुरस्कारबाट कीर्तिपुर नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु सम्मानित भएका छन् ।
जनसेवा उच्च मावि पाँगाको संरक्षकत्वमा पाँगा पार्टी भेन्यूमा शनिबार आयोजित सो कार्यक्रममा १७ औं हर्ष पुरस्कार सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने स्थायी बासिन्दा मंगल उच्च माविकी छात्रा सपना श्रेष्ठ (८४.५०%) र आदिनाथ माविका छात्र प्रमेश महर्जन (८३.३८%)लाई प्रमुख अतिथि संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले जनही रु.२५००।– र प्रमाणपत्र वितरण गर्नुभयो ।
१७ औ रत्न पुरस्कार कीर्तिपुर स्थायी बासिन्दा र संस्थागत विद्यालय पाँगा माविका छात्र उज्जवल प्रकाश खनाल ७३२ (९१.५०%) र पुष्पसदनकी छात्रा गीता बास्कोटा ७३२ (९१.५०%) लाई ज्ञानकाजी मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो ।

मण्डला सिरपा कीर्तिपुर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट एक एकजनालाई प्रदान गरिने क्रममा यस बर्ष संस्थागत तर्फबाट पुष्पसदनका विशाल खनाल (९२.३८%) र लेवोरटरी उच्च माविका रोशन अर्याल (९२.३८%) र सामुदायिक तर्फबाट मंगल उच्च माविका श्याम तामाङ (८५.६२%) पुरस्कार दाताका बुबा/आमा को तर्फबाट नारायणदास महर्जनले पुरस्कार र ट्रफी प्रदान गरी सम्मानित गर्नुभयो ।
त्यसक्रमा प्रमुख अतिथि ग्वंगले कीर्तिपुर क्षेत्रका विद्यार्थीहरुबीच शिक्षामा उत्कृष्ट ल्याउने मनोवल वृद्धिको लागि जुन पुरस्कार स्थापना गर्नुभयो सराहनीय ब्यक्त गर्नुभयो । वहाँले जनसेवा उच्च माविले भौतिक आधार तयारको साथै शैक्षिक गुणस्तर र परीक्षाफलमा राम्रो नतिजा ल्याउन विशेष पहल गर्नु पर्ने बताउँदै प्रवेशिका परीक्षामा सफल विद्यार्थीहरु उच्च शिक्षामा राम्रो विषय छनौट गरी विषयगत विशेषज्ञता हासिल गर्न सकोस् भनि कामना गर्नुभयो ।
त्यसैगरी बिशेष अतिथि ज्ञानकाजी मानन्धरले विद्यार्थीहरु स्वच्छ प्रतिस्पर्धा गराई उच्च शिक्षा अध्ययनमा सजिलो बनाउन पुरस्कार स्थापनाको उद्देश्य रहेको बताउनुभयो ।
विशेष अतिथि दिलीप महर्जनले विद्यार्थी भोलिका कर्णधार भएकोले विवेकवान बन्न आग्रह गर्नुभयो । दक्ष विद्यार्थी बनेर देशकै माटोमा सेवा गर्न पर्दछ । विदेशमा श्रम बेच्नु ठीक छैन भन्नुभयो ।
जनसेवा उमाविका प्राचार्य नन्दकुमारी महर्जनको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष एवं मण्डला सिरपादाता माधवलाल महर्जनले स्वागत मन्तव्यको क्रममा जनसेवा विद्यालयको हालसम्मको प्रगति र गतिविधि प्रस्तुत गर्नुभयो ।
जनकलाकार रामकृष्ण दुवालले स्वागत गीत प्रस्तुत गर्नुभएको सो कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य प्रस्तुत गरेको थियो ।

No comments:
Post a Comment