वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
गथामुग चर्हे पर्व (घण्टाकर्ण)
काठमाडौं उपत्यका नेपालमण्डलमा बस्दै आएका नेवारहरुको मुख्य व्यवसाय पहिले–पहिले कृषि थियो । आफ्नो बस्तीमा व्यवस्थित रुपबाट वर्षभरी समय र मौसमलाई ध्यान पुर्याई मिलाई सांस्कृतिक चाडपर्वहरु मनाउने गरी आएका छन् ।
आफूलाई फाइदा र सहयोग पुर्याउनेलाई देउताको रुपमा पुज्ने र दुःख दिनेहरुलाई राक्षसको रुपमा अन्त गर्ने गरिन्छन् । त्यसमध्ये दिल्लागा चतुर्दशी अर्थात् साउन कृष्ण पक्ष चतुर्दशीका दिन गथामुग चर्हे पर्व मनाउने गरिआएका छन् ।
यो पर्व धान रोपाई सकेर केही फुर्सद भई आफ्नो बस्तीमा सरसफाइ गरी भूतप्रेत आत्माहरुलाई पन्छाई सरल, स्वस्थ र मनोरञ्जन जीवनयापन गर्ने दिन सम्झेर मनाउने गरिन्छन् ।
कृषिमा मुख्य बाली धान भएकोले धान रोपाईलाई नअल्मलिने व्यवस्था मिलाउन जेष्ठ कृष्ण पक्ष षष्ठीका दिन सिठ्ठि नखः पर्व मनाउने गरिन्छन् । यो सिठ्ठिको दिन आफ्नो वस्ती सरसफाई गर्ने, इनार, कुवा, पनेरो सफा गरी पानीको व्यवस्था र ढल निकास, आदि खोली सफाइको ब्यवस्था गर्ने गरिन्छन् । त्यसकारण कृषहरुले सिठ्ठिलाई बर्षको पर्व अन्त्य भएको र गथामुगलाई पुनः पर्व सुरु भएको दिनको रुपमा मान्ने गर्दै आइरहेका छन् ।
यो गथामुग पर्व गाउँ ठाउँ अनुसार आ–आफ्नै तरिकाले मनाउने गरी आएका छन् । काठमाडौंमा दोबाटो चौबाटोमा भैरव, गणेश र कुमारको स्थापना गरी नर्कटको तीनखुट्टे बनाई छ्वाली आदि राखी बाधी गथामुगः बनाएर राखेको हुन्छ । यसलाई त्रिपद सम्बर भैरव पनि भन्ने गरिन्छ । यसैलाई भूत प्रेत आत्मा सम्झी दिनभरी ठड्याएर राखेको हुन्छ । त्यसमा घरघरबाट भ्येगोटमा चोकाबजी (कनिका) नपाकेको फुल, काँचो मासु, रगती, छाला, हाड र लसुन छिपी बौस्वाँ राखी धुप, दिप बाली त्यस ठाउँमा ल्याएर बौ वाय्गु अर्थात् भूतप्रेत आत्मालाई पन्छाउने भनी छ्वालीको मुठ्ठा बाली घरभित्र कुना काप्चासम्म धुवाँ लगाई भूत प्रेत आत्मालाई फाल्न लगेको सम्झि लुटो फाल्ने गर्दछन् ।
यसरी दोबाटोमा ठड्याइ राखेको गथामुगःलाई रेखदेख र सतगत गर्न एक जनालाई नाङ्गो राखी जीउमा लिङ्ग योनी रंगाई प्राकृतिक कर्मलाई सम्झाउने गरी राखेको हुन्छ । त्यसलाई दही कतरा बोकाई दिनभरी त्यस बाटोमा आउने बटुवाहरुबाट जगात अर्थात् कर उठाइराखेको हुन्छ । साँझ परेपछि उसलाई दही चिउरा खुवाई हातमा छ्वाली बालेको समाउन लगाई उक्त गथामुगलाई तिनपटक परिक्रमा गराई आजु जय भनी नारा लगाई ढाली त्यसलाई समेतसँगै राखी नजिकको खोलामा लगि विसर्जन गर्ने गरिन्छ । त्यो शवको रुपमा ल्याएको बेला पहिले लुटो फाल्न नभ्याएकाहरुले बौ छाय्गु अर्थात् लुटो फाल्ने गर्दछन् ।
यहि पर्वलाई पाँगावासीहरुले घरघरै पिच्छे तीन तहको छ्वाली दुई मु्ठ्ठा बाँधी गथामुगको रुपमा आ–आफ्नै घर छिडीमा तयार गर्छन् त्यसमा न्हाकं (सिस्नु), च्वाकं (काडा भएको झार), फकं (कर्कलो), बकं, धसी कचा (अनारको बोटको हांगो), बसी कचा (आरुको वोटको हांगो), च्यालबट्टा (जंगली झार बाल्दा धेरै पडकिने) राख्ने र उरुस, उपियाँ र लामखुट्टे सवैलाई राखी पालामा तेलबत्ती वाली उक्त गथामुगलाई जलाएको रुपमा छ्वाली बाली घरको कुना काप्चासम्म रा“कोले भुतप्रेतलाई धपाउने गरी देखाई गाउँबस्तीको बाहिर लगि लुटो फाल्ने गर्दछन् । त्यसमा प्रेत आत्मालाई फाली आउनेलाई ‘गथामुगया न्हयेस्काए’ अर्थात् दागबत्ती दिई सतगत गर्ने सम्झी जिस्काई पठाउने गर्दछन् । त्यसरी जानेले बोल्न हुँदैन र लुटो फाली फर्किसकेपछि अर्को छ्वालीको मुठ्ठा घर बलेसीमा बाली राखेको हुन्छ । त्यसमा हातगोडा धोई आगोमा सेकाई घरमा जाने गर्दछन् । घरभित्र जान छ्वेला, ऐला खाई हात धोई जाने गर्दछन् । यो पर्व गाउ“ घरको लागि अति उपयोगी भएको देखिन्छ । किनभने खेतीमा लागि रहँदा बाटोघाटोमा उमे्रको झारपात हटाउने फलफुलको बोटमा बढी भएको हाँगो काँटछाँट गर्ने आफूलाई दुःख दिने लामखुट्टे, उदुस, उपियाँ टिपी मार्ने जलाउने, सबैतिर धुवाँउँदा त्यसबाट वायुमा भएका किटपतङ्गहरु नासिने कारणले वातावरण सफा हुन जाने र खेती गर्दा–गर्दा फुर्सद नभई सफाई गर्न नभ्याएकालाई टोल घर सफा गर्ने र घर लिपपोट गर्ने नुहाई धुलाई गर्ने सफा सुघर गरी स्वास्थ्य उपयोगी काम गर्ने पर्व भएकोले यसले मानव वस्तीलाई फाइदा पुग्न जाने देखिएको छ । तसर्थ यसरी वातावरणलाई सुधार गर्ने पर्वलाई हामीले पनि सुव्यवस्थित तरिकाले निरन्तरता दिई मनाउनु नै बेश हुनेछ ।

– अर्जन महर्जन, सहिदपथ, पाँगा
No comments:
Post a Comment