वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर यातायातले भाडा घटाउनु स्वागत योग्य
यात्रुको सुविधामा पनि बृद्धि गर्नु जुरुरी
नेपालको इतिहासमै पहिलो पटक जनस्तरबाट स्थापित कीर्तिपुर यातायात सेवा संचालन भएको १७ औं बसन्त पार गरेको छ ।
कीर्तिपुरमा मिनिबस सेवाले यात्रुलाई दिएको सास्ती, आधा घन्टामा आउने एउटा
मिनिबसमा दौडादौड गरी बसमा चढ्नुपर्ने बाध्यता, चढी सकेपछि पनि भित्र
कण्डक्टरको भनाई सुन्दै गुन्द्रुक कोचे जस्तै कोचिनुपर्ने अवस्थालाई चिर्न
जनस्तरबाटै छुट्टै बस संचालन गर्न बाध्य बनायो । २०५३ सालमा संचालन गरेको
बस सेवाले केही वर्षसम्म राम्रो सुविधा दिन सक्यो र नाफा पनि गरेकै थियो ।
सबै यात्रुको गन्तव्य कीर्तिपुर साझा बस, शेयर बसले वाहा वाह पाएको थियो ।
मिनिबसको विस्थापितसँगै सानो हाइएस गाडिको आगमनले ठूलो कीर्तिपुरको यातायातलाई धक्का पुर्यायो ।
ठूलो बसमा सीटफुल गर्नपनि समय लाग्न थाल्यो भने हाइएसले मिनेट मिनेटमा बस
छुट्न थाल्यो र सेवा सुविधा पनि द्रुत भयो । बिस्तारै ठूलो बसमा चढ्नेको
संख्या कम हुँदै गयो । यात्रुको अभावले नाफा कम हुँदै गयो भने बस सडकमा कम
गुड्न थाल्यो । अहिले सम्म पनि घाटामा गएको प्रतिवेदनमा पढ्न पाइन्छ ।
यात्रु बृद्धि गर्न कुपन सिष्टम चलाई शुल्कमा केही घटाएको थियो त्यो पनि
निरन्तरता भएन । अन्ततः बसहरु ठेक्कामा चलाउन व्यवस्थापन बाध्य भयो ।
ठेक्कामा दिँदा निश्चित रकम त भित्रियो तर आफ्नै नियन्त्रणमा रहे जस्तो
कहाँ नाफा हुनु । बस ठेकेदारले पनि यात्रुको चाप हुने विहान र बेलुका मात्र
विशेष बस चलाउने गर्न थालेको सबैले महसस गरेकै छ ।
बस
व्यवस्थापक समय अनुसार परिमार्जित नभएपछि नयाँ नयाँ यात्रु सेवा नीति
ल्याउन नसकेपछि असफल हनु स्वभाविक छ । अहिले २०७० साउन १५ गतेबाट कीर्तिपुर
यातायातको भाडामा समायोजन गरी बल्खुदेखि रत्नपार्क सम्मको भाडा दर १५–१९
लाई परिर्वतन गरी सर्वसाधारणको लागि रत्नपार्कसम्म १५ रुपैयाँ छ भने
विद्यार्थीहरुलाई १० रुपैयाँ भाडा दर कायम गरेको छ ।
कीर्तिपुर
यातायात सेवा कं. लि.को भाडा घटाएर धेरै स्वाग्त योग्य काम गरेको छ । भाडा
घटाउँदैमा अब सबै यात्रुहरु कीर्तिपुर यातायात चढ्ला भन्ने सोच
व्यवस्थापकको हो भने एकपटक फेरि सोच्न म पंक्तिकार तथा नियमित यात्रु को
नाताले ध्यान आकृष्ट गराउन चाहन्छु ।
कीर्तिपुर यातायातको सुविधा
खस्केको छ । सेवा बिस्तार गररी नगाउँ, राराहिल भएर टौदह, पाण्डे छाप
यातायात सेवा पुगेको छ भने पाँगा र कीर्तिपुर चक्रपथ सेवा त छँदैछ । तर
समयको ख्याल यातायात हाक्ने ड्राइभर र खलासीले गरेको देखिँदैन । यसमा सुधार
गर्नु जरुरी छ ।
पाँगा रत्नपार्क चल्ने कीर्तिपुर यातायातको
एकाधिकार रुटमा त अझ दिक्क लाग्दो छ । कीर्तिपुर चक्रपथमा निश्चित बस स्टप छ
त्यहीँ ओराल्ने–चढाउने गरेको पाइन्छ तर पाँगा–चोभारसम्म निश्चित बस स्टपको
व्यवस्था नभएपछि कम्तीमा १५–२० ठाउँमा रोकेर, झ्यालमा बसेर इसाराको आधारमा
रोकेर लग्दा यात्रुको समयमा पुग्नुपर्ने सुविधलाई ध्यान दिएको पाइदैन ।
पाँगा–चोभार पुग्न कम्तीमा १५–२० मिनेट बिस्तारै गुड्ने गरेको छ ।
पाँगा–चोभारमा निश्चित स्थानमा मात्र बस स्टप राख्नेतिर व्यवस्थापक पक्षले
ध्यान दिनसकेमा शुल्क घटाएर खुसी यात्रुहरु सुविधामा पनि बढेर यात्रुको चाप
बढ्ने निश्चित हुनेछ ।
थप सुझाव
बस भाडा घटाएर यात्रुलाई
मूल्य सुविधा दिनुभएकोमा व्यवस्थापन समितिलाई धन्यवाद छ । घट्दो मूल्यमा
पुनःसमायोजन गर्नु जाती हुनेछ । यो यातायात सेवा विशुद्ध कीर्तिपुरका
जनताको सेवामा समर्पित छ । विद्यार्थीहरुलाई छुट सहित कीर्तिपुर–रत्नपार्क
जहाँपुगेपछि १० रुपैयाँ भाडाले विद्यार्थीहरुको लागि पनि मूल्य सुविधा
पुगेकोमा खुसी हुनु स्वभाविक छ ।
कीर्तिपुरका जनस्तारबाट
कीर्तिपुरका यात्रुको लागि संचालित यातायातले सर्वसाधारण र विद्यार्थीको
भाडा अन्तर अन्त्य गरी अब एउटै मूल्य कायम गरी काठमाडौं उपत्यका र नेपालकै
लागि नमूना यातायात सेवा प्रदान गर्ने आँट गर्नुपर्दछ । कीर्तिपुर बासीलाई
पनि विद्यार्थी सरह १० रुपैयाँ भाडा कायम गर्न सकेमा कीर्तिपुरवासीले
हाम्रो कीर्तिपुर यातायात हो भनेर गर्व गर्ने ठाउँ रहनेछ ।
No comments:
Post a Comment