Friday, August 16, 2013

कलाकार नकर्मी सम्मानित

वर्ष १०, अंक १८ (२०७० साउन १८ गते शुक्रबार प्रकाशित)

कलाकार नकर्मी सम्मानित

    काठमाडौं । कलाकार रामशेखर नकर्मी सम्मान समितिको आयोजनामा साउन १२ गते शनिवार काठमाडौंमा एक विशेष कार्यक्रम गरी सम्मान गरियो  ।
    नेपाली एवं नेपालभाषाको कला र साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका ख्याति प्राप्त कलाकार एवं हास्य ब्यङ्ग्यकार रामशेखर नकर्मीलाई नेपालभाषाका काउन्सुल तथा संस्कृतिविद सत्यमोहन जोशीले ताम्रपत्र, दोसल्ला र नगद रु. ३ लाख प्रदान गरी सम्मान गर्नुभयो ।
    नकर्मीको निवास भक्तपुर दत्तात्रयबाट न्यातापोल (पाँचतले) मन्दिरसम्म सांस्कृतिक वाजागाजासहित र्याली र सोही स्थानबाट निकालिएको मोटरसाईकल र्यालीले कलाकारा नकर्मीलाई काठमाडौं सम्मानस्थल खुशीबुँ पुर्याइएका थिए ।
    त्यसक्रममा प्रमुख अतिथि जोशीले समाजमा नकर्मीको ठूलो योगदान रहेकोले जनस्तरबाट कदर गरेको बताउनुभयो ।
    उहाँको सम्मानको लागि काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरमा सहयोग समिति गठन गरी विभिन्न कार्यक्रम गरी सहयोग रकम जम्मा गरेको थियो ।

No comments:

Post a Comment