वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
वर्डफ्लु संकटग्रस्त क्षेत्र भक्तपुर
भक्तपुर । सरकारले हिजो विहीवारदेखि भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गत साउन २ गतेदेखि जिल्लाका विभित्र ठाउँमा देखिएको वर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि आज कृषि तथा सहकारी मन्त्रालयले भक्तपुर जिल्लालाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरेको हो । अब भक्तपुरमा कुखुरा, हाँस, अण्डा तथा कुखुराजन्य वस्तुमा प्रतिवन्ध भएको छ । यस्तै मन्त्रालयले संक्रमित पंक्षीहरुलाई छिट्टै नष्ट गर्न आग्रह समेत गरेको छ । उता कुखुरा ब्यवसायीहरु उचित क्षतिपूर्तिको माग र वैंक ऋण मिनाहा गर्दै आन्दोलित भएका छन् ।

No comments:
Post a Comment