Saturday, September 14, 2013

हदै लचिलो, हदै सहमतिः चुनाव सार्ने तयारी

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

हदै लचिलो, हदै सहमतिः चुनाव सार्ने तयारी

    संविधनसभा निर्वाचन मंसीर ४ गते आउन अव ठ्याक्कै ९४ दिन मात्र वाँकी छन् ।
    सरकार र उच्चस्तरीय राजनैतिक समिति हदै लचिलो र हदै सहमतिको वहानामा चुनाव सार्ने तयारीमा छन् ।
    संविधान सभाबाट वनिने नयाँ संविधान चित्तवुझेन र जनताको हितमा कार्यन्वयन भएन भने पटक पटक च्यातिन सक्दछ र नयाँ संविधान बनाउन संविधान मस्यौदा समिति बनाई बनाई फेरि संविधान जारी हुने इतिहास विश्वब्यापी चलन र नियमले दिन सक्ला तर संविधानसभाबाट संविधान बनाउन नसकेर संविधानसभाको हत्या गरिसकेपछि फेरि संविधानसभाको निर्वाचन विश्व राजनैतिक इतिहासमा नजिर नै बनेको छैन  तर नेपाल त्यो अपवादबाट मुक्त नहुने भयो ।
कतै अब मंसीर ४ को संविधानसभाको निर्वाचनको मिति सार्दै अन्ततः चुनाव संविधानसभाको नभै संसदीय ब्यवस्थापिका संसदको हुन जाने सम्भावना पनि त्यति कै बलियो छ ।
देशको आर्थिक क्षति कम हुने र जनताले स्थिर सरकारको चाँदो निकास दिने हो भने ब्यवस्थापिका संसदको निर्वाचन इमान्दार दलीय सरकारको नेतृत्व या तटस्थ ब्यक्ति नेतृत्वमा गर्न सकिन्छ ।
    ब्यवस्थापिक संसद पछि बनिने सरकारले संविधान निर्माणको लागि विशेषज्ञ टोली गठन गरी संविधान निर्माण गर्न सजिलो उपाय यद्यपी राम्रो राजनैतिक निकास हुनु सक्दछ ।
अहिले सरकार पक्ष, उच्चस्तरीय राजनैतिक समितिले सरकार विरुद्ध आन्दोलनरत नेकपा माओवादी, मधेसी जनअधिकार फोरमर्, र संघीय समाजवादी पार्टीसंग अलग अलग वार्ता गरिरहनु भएकोछ । ती दलको माग वर्तमान सरकारको खारेजी, २५ बुँदे बाधा अडकाउ आध्यादेश खारेजी, क्षेत्र निर्धारण लगायतका छन् । जुन न उच्चस्तरीय समितिले पुरा गर्न सक्र्ला न त सरकारले नै । ती दल आप्mनो मागबाट बाहिर जान नसक्ने बताइरहेका अवस्थामा जनतालाई गुमराहमा पार्न यदि चुनावको तिथि सारेर चुनावमा आउने ग्यारेन्टी गर्ने हो भने चुनाव सार्ने सकिने चार दल तयार रहेको समाचार बाहिर आएको छ । चुनाव सार्ने लचिलो बन्नु चुनावी मन्त्रिपरिषदको दिन गन्ति सुरु गर्नु हो ।
    मंसीर ४ गते संविधानसभाको दिन एकदिमात्र सरेपनि प्रधानन्यायधिस जस्तो ब्यक्तिको नैतिकतामाथि ठूलो प्रश्न खडा हुनेछ । उसले नैतिकताको आधारमा राजीनामा दिनुपर्दछ ।
    चारदलले जो भन्यो जे ग¥यो त्यहि हुने हो भने चार दलको साझा सहमतिबाट जनताको संविधान जारी गर्न किन सक्दैनन् ?
    किन हिजो समय छदैं संविधानसभाको संविधानसभामा प्रवेश नै नगरी पर्दा भित्रबाट हत्या गरियो । वैदेशिक हस्तक्षेपकारीका प्यारा मीत्रहरु चार दलले एक प्रदेश एक मधेस र जातीय राज्यको राज्य पुनसरचना बनाउन नसकेपछि प्रभुकै आज्ञापालना गरेको घाम जतिकै प्रष्ट हुँदै आइरहेकोछ ।

No comments:

Post a Comment