वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
यसपालीको गाईजात्रा
काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा मनाइने गाईजात्रा यस वर्ष पनि देशका विभिन्न भागमा परम्परागत ढंगले यही भाद्र ६ गते मनाइन्दैछ ।
सापारु, गाईजात्रा, (Cow Festival) प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने परम्परा अनुसार काठमाडौंको दक्षिण क्षेत्रको कीर्तिपुर र पाँगामा विशेष ढंगले गाईजात्रा मनाइने चलन छ ।
यस वर्ष कीर्तिपुरमा थाम्बहाल टोलबाट आयोजना हुने भएको छ भने पाँगामा लखु टोलबाट आमा सियोचा महर्जनको स्मृतिमा छोरा अर्जुन महर्जनको घरबाट आयोजना हुनेछ ।
कीर्तिपुर धेंधें पापा र पाँगामा चिरकु लारकू भनी ब्यङ्गात्मक भाषाको बोलमा साँस्कृतिक नाच हुनेछ ।
कीर्तिपुरमा मृतकको परिवारबाट आयोजना गर्न आर्थिक कठिनाई भएकोले कीर्तिपुर जात्रापर्व व्यवस्थापन समितिको निर्णयले टोलटोलमा जिम्मा दिन थालेको हो तर कसैले आयोजना गर्न चाहेमा त्यो परिवार र टोलबाट आयोजना गर्न सकिने छ भने पाँगामा मृतकको स्मृतिमा आयोजना गर्दा सम्वन्धित टोल साथै अन्य टोलको विशेष सहयोगमा आयोजना गर्ने गरेको छ ।

No comments:
Post a Comment