वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
भक्तपुरमा गाइजात्रा प्रदर्शनीः६ लाख पुरस्कार
भक्तपुर नगरपालिकाले गाइजात्रा पर्व २०७० सालको प्रतियोगिता प्रदर्शन गरिने विविध साँस्कृतिक विधालाई विगतमा अझै यस वर्ष पनि नगद पुरस्कार दिने भएको छ ।
देवी प्याखँ (देवी नाँच) भैल प्याखँ, माक प्याखँ, गाईचा, लुसी, फाकं ढली, नागाचा, लाखे नटु (मखु वाचा, कंलाली, जंगली, भालु, खिचा, ख्या, कवंचा प्याखँ साथै नाटक र ख्याल गरी १७ थरी साँस्कृतिक विधालाई ५ लाख १० हजार ६ सय नगद पुरस्कार प्रदान गरिने छ भने विशेष पुरस्कारमा हनुमान, म्हेखा(मयुर) किजापुजा, कपायफेनेगु सला, ङा(माछा), भयाभया प्याखँ नाटकमा ६७ हजार २ सय गरी जम्मा ५ लाख ७७ हजार ८ सय बाट प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रदान गरिनेछ ।
नाँसमनामा १५ र दतात्रयमा ९ विधाका मूल्याङ्कन समितिले मूल्याङ्कन गरी पुरस्कृत गरिने भक्तपुर नपाले सहिदलाई जानकारी दिनुभयो ।
साँस्कृतिक उत्थान र प्रोत्साहनको लागि यसरी स्थानीय सरकारबाट प्रोत्साहित गर्ने भक्तपुर नपाले मात्र गरिरहेको पाइन्छ । आफ्नो मौलिक साँस्कृतिक विधा र वाद्यवादन जीवित पार्न अन्य नपाले पनि अनुसरण गरेमा संस्कृति सधैं रहिरहनेछ ।

No comments:
Post a Comment