Saturday, September 14, 2013

लेवोरेटरी प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थी सम्मानित

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

लेवोरेटरी प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थी सम्मानित

    लेवोरेटरी उच्च माध्यमिक विद्यालयले प्रवेशिका परीक्षा २०६९ मा उत्तीर्ण हुनुभएका विद्यार्थीहरुलाई विशेष कार्यक्रम गरी साउन २६ गते शनिवार सम्पन्न गरियो । शिक्षामन्त्री माधव पौडेलको प्रमुख आतिथ्यमा उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको सो कार्यक्रममा वहाँले लेवोरेटरी उच्च माविले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको सराहनीय ब्यक्त गर्नुभयो । विद्यालयका ब्यवस्थापन, शिक्षक, विद्यार्थीको मेहनत को कारण लेवोरेटरीको छवी उच्च रहेको वताउँनुभयो ।
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा.वालकुष्ण वैद्यको सभापत्विमा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार उमेश श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, देव कुमार उपाध्याय, विद्यालयका प्रिन्सिपल लाक्पा शेर्पा लगायतले वोल्नुभएको थियो ।  सोहि दिन विहान कक्षा ११ मा नयाँ प्रवेश विद्यार्थीहरुको स्वागत तथा १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको थियो ।

No comments:

Post a Comment