Saturday, September 14, 2013

सहिद स्मारकको शैक्षिक गुणस्तरवारे अन्तरक्रिया

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

सहिद स्मारकको शैक्षिक गुणस्तरवारे अन्तरक्रिया

    कीर्तिपुर क्षेत्रमै पहिलो सामुदायिक कलेज सहिद स्मारक कलेजको ब्यवस्थापन समिति र शिक्षकहरुवीच साउन २५ गते शुक्रवार कीर्तिपुर हिलसाइड होटलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
    सहिद स्मारक कलेजमा शैक्षिक गुणस्तर वृद्धि गर्न थप सुझाव संकलन गरेको थियो भने कलेज ब्यवस्थापनको तर्फबाट वर्तमान अवस्थाको जानकारी दिनुहुँदै भावी योजनाहरु समेत छलफलको लागि प्रस्तुत गर्नुभएको थियो ।
    कलेज ब्यवस्थापन समितिका अध्यक्ष हरिशरण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्रमुख मिलनमान महर्जन र सहायक प्रमुख संजय ज्ञवाली लगायतले वोल्नुभएको थियो । स्मरणीय छ, यस कलेजमा मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा १२ कक्षा र स्नातक गरी ७०० जना भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।

No comments:

Post a Comment