वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
ड्युटीमा बसेका प्रहरीले मोबाइल चलाए कारबाही
काठमाडौ । विशिष्ट व्यक्तिको सवारीमा सडकमा खटिएका र कार्यालयमा ‘ड्युटी’ मा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले ‘अनुशासनहीन’ देखिएका भन्दै त्यसरी खटिएका प्रहरीलाई ड्युटीमा बसुन्जेल मोबाइल प्रयोग नगर्न निर्देशन दिएको हो ।
कार्यालयले मातहतका इकाईलाई पत्राचार गर्दै सडकमा खटिने सादा पोसाक र ट्राफिक प्रहरीलाई समेत ड्युटी अवधिभर फोन प्रयोग गर्न नदिन भनेको छ । ‘सेन्ट्री’ बसेका र सडकमा खटिएका प्रहरी मोबाइलमा व्यस्त हुँदा सुरक्षामा ध्यान नपुग्ने प्रधान कार्यालयको निष्कर्ष छ । ‘हतियारसहित ड्युटीमा बसेको प्रहरीले मोबाइलमा कुरा गर्दा हतियारको सुरक्षामा ध्यान हुँदैन,’ प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले भने, ‘ड्युटी समयमा मोबाइलमा गेम खेल्नु र कुरा गर्नु प्रहरी आचरणविपरीत हो ।’ ड्युटीका समयमा सार्वजनिक स्थानमा धूम्रपान, रेस्टुरेन्ट वा चिया पसलमा बसेर कुरा गरेको पाइए पनि कारबाही हुनेछ । सीआरभी (कन्ट्रोल रुम भेइकल) मा खटिँदा सवारी साधनभित्र सुतेको पाइए पनि कारबाही हुने मुख्यालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

No comments:
Post a Comment