Saturday, September 14, 2013

कीर्तिपुर प्रहरी वृत्तमा केदार खनाल

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर प्रहरी वृत्तमा केदार खनाल

    महानगरी प्रहरी प्रभाग कीर्तिपुर अव कीर्तिपुर प्रहरी वृत्तमा परिणत भएको छ । नेपाल सरकारले जेठ २ गतेको निर्णय अनुसार कीर्तिपुर प्रहरी प्रभागबाट प्रहरी वृतमा परिणत भएको हो ।
    कीर्तिपुर प्रहरी वृत्तमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा तीनजना प्रहरी निरीक्षक सहित १ सय २५ जनाको दरवन्दी रहने छ ।
    कीर्तिपुर प्रहरी वृत्तमा साउन १९ गतेबाट प्रनाउ केदार खनालद्वारा पद वहाल गरेका छन् । नव नियुक्त कीर्तिपुर वृत प्रमुख खनाल यस अघि ललितपुर प्रहरी परिसर र पर्वतमा १५ महिना सेवारत हुनुहुन्थ्यो । कीर्तिपुर प्रहरी प्रभागका गोविन्द थापा महाराजगंजस्थित राष्ट्रिय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ ।

No comments:

Post a Comment