Saturday, September 14, 2013

पुनर्योग नतिजा र विद्यार्थीको मेहनत

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

पुनर्योग नतिजा र विद्यार्थीको मेहनत

    प्रवेशिका परीक्षाको उत्तर पुस्तिका परीक्षणमा चित्रनबुझेमा पुनर्योग गर्न सक्ने अधिकार विद्यार्थीलाई सुरक्षित रहेको छ ।
     उत्तरपुस्तिका चित्त नबुझेमा कपी समेत हेर्न पाउने भनी सर्वोच्च अदालतबाट फुकुवा गरेपनि बाहिरी पृष्ठमा लेखिने नम्बरमात्र पुनर्योग गरी नतिजा सार्वजनिक गर्ने गर्दथ्यो ।
    पुनर्योग अधिकार प्रयोग गर्दा फेल विद्यार्थी पास भएका छन भने पास विद्यार्थीले थप नम्बर प्राप्त गरी प्रथम र उत्कृष्ट श्रेणी समेत हासिल गरेका छन् ।
    पहिला पहिला पुनर्योगबाट कम परीक्षार्थीलेमात्र पास गर्छन नत्र नतिजा यथावतै रहेको हुन्छ । तर अहिले पासको संख्या पनि बृद्धि भएको छ । पुनर्योगबाट कीर्तिपुर क्षेत्रबाट पाँगामावि, पुष्पसदन, मंगलउमावि र हिलटाउन माविले पुनर्योगको सदुपयोग गरे ।
    पाँगा माविका छात्रा उज्ज्वल प्रकाश खनाल मेधावी विद्यार्थीको विद्यालयमै सर्वोत्कृष्ट भएपनि चित्त बुझेन विद्यालयको सहयोगमा विद्यार्थीले दुई वटा विषय अंग्रेजी र समाजिक शास्त्रमा पुनर्योग गरे भने पुष्सदनले अतिरिक्त गणितमा दिवाकर मिश्रले र हिलटाउनकी लुमन्ती महर्जनले एच्छिक लेखा विषयमा र मंगल उमाविका छात्रा जश्मिन महर्जनले पुनर्योग गरी सुवर्ण अवसर प्राप्त गरे ।
    पाँगा माविका छात्रा उज्ज्वलले सामाजिक शास्त्रमा यथावत रहेपनि अंग्रेजी मा ९ अंक थप भएपछि पूर्णाङमा वृद्धि भई काठमाडौं कै सर्वोत्कृष्ट हुन सफल भए भने पुष्पसदन र हिलटाउनका विद्यार्थीले ९० प्रतिशत भन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट भए भने मंगल उमाविले प्रथम श्रेणीमा पास भई सतप्रतिशत पास गराउन सफल भए ।
    उत्तरपुस्तिका परीक्षणको लापरवाही र पनिकाको सस्तो मूल्याङकन प्रवृतिले गर्दा पास विद्यार्थी फेल र जिल्लामै उत्कृष्ट हुने विद्यार्थी अर्को श्रेणीमा वस्नुपर्ने थियो पुनर्योग नभएको भए ।
    पुनर्योग गर्ने समय नतिजा प्रकाशित भएका १५ दिनभित्र गरिसक्नुपर्ने तर पुनर्योगको नतिजा ४९–५० दिन पर्खनुपर्ने यो कस्तो अन्याय पूर्ण शिक्षा । नतिजा समयमै  प्रकाशित भएको भए अहिले विभिन्न संघसंस्थाले प्रदान गरिने सम्मानबाट बञ्चित हुनपर्ने थिएन । त्यति मात्र होइन कलेज भर्ना हुने सुविधामा समेत बञ्चित हुनुपर्ने वाध्यता भएको छ ।
विद्यार्थीमा मनोवल
    परीक्षणको लापार्वाहीले विद्यार्थीमा अध्ययन गर्ने मनोवृतिमा ह्रास आउने सम्भावना रहेको छ । मेहनतको फल मिठो हुन्छ तर सम्बन्धित निकायको मनपरीले मेहनतका फलमाथि आघात परेको विद्यार्थीका अभिभावकहरु बताउनुहुन्छ ।
— नारायण महर्जन

No comments:

Post a Comment