वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
के मृत्यु जीवनको अन्त्य हो ?
श्रृतुमती माता, पिता र गन्धर्व (जन्म लिने चेतनाको प्रवाह) तीनवटा कुराहरु एकत्रित भएपछि गर्भधारण हुन्छ । ती मध्ये कुनै एउटामात्र अनुपस्थित रहेमा गर्भधारण हुँदैन । शरीरको निर्माण हुँदैन । शरीर पञ्चस्कन्धको सम्मीश्रण हो । रुप, वेदना, संज्ञा, संस्कार र विज्ञानले निर्मित प्रकृयालाई नामरुप भनिन्छ । वेदना, संज्ञा, संस्कार र विज्ञानलाई नाम भनिन्छ भने पृथ्वी, आपो, तेजो र वायु चार महाभूतलाई रुप या रुपस्कन्ध भनिन्छ । शरीर÷ नामरुपको धरतीमा आगमन हुनु जन्म हो ।
संसारमा सबैकुरा अस्थीर छ, परिवर्तनशील छ, अनित्य छ र नाशवान छ । कुनै कुरा या प्राणी अजर छैन्, अमर छैन । जन्मपछि मृत्यु निश्चित छ, अवश्यम्भावी छ र शास्वत छ । कोही आमाको गर्भमा नै मृत्यु हुन्छ भने कोही नवजात र नाबालकको प्रथम वैशमा र केही जवानीको मध्यम वैशमा मृत्यु हुन्छ । यसैगरी कोही बृद्धबृद्धाको अन्तिम वैशमा मरण हुन्छ । जन्मपछि यसरी मुत्युसम्मको बीचको समय÷अवस्थालाई जीवन भनिन्छ । साधारण अर्थमा जन्म जीवनको आरम्भ/प्रारम्भ हो भने मरण जीवनको अन्त्य हो । वास्तवमा मृत्यु जीवनको अन्त्य हो या होइन भन्ने सन्दर्भमा सम्वन्धित विचार धाराहरु उल्लेख गर्नु प्रासङ्गिक हुनेछ ।
भौतिकवाद/चार्वाक दर्शन :— जुन कुराहरु प्रत्यक्ष देख्न, भोग्न र अनुभव गर्न सकिदैन् ती कुराहरु काल्पनिक हुन् । भौतिकवादीहरु त्यसैले ईश्वर, आत्मा, परमात्मा जस्ता अभौतिक, आध्यात्मिक र पारलौकिक कुराहरुमा विश्वास गर्दैनन् । ईश्वरलाई नमान्ने भएकोले यसलाई अनिस्वरवाद पनि भनिन्छ । देह र भौतिक कुराको अतिरिक्त अरुलाई नमान्ने भएको हुनाले यसलाई जडंवाद पनि भनिन्छ । भौतिकवाद सम्पूर्ण ईश्वर, आत्मा, परमात्मा (धार्मिक) र अध्यात्मिक मूल्य मान्यतालाई चपाउने सिद्धान्त भएकाले यसलाई चार्वाक सिद्धान्त पनि भनिन्छ । ‘चार्वाक’ शब्द संस्कृतको ‘चर्व’ बाट आएको र यसको अर्थ हो चपाउनु । समस्त सृष्टिको मूल कारण चतूर्महाभूत (पृथ्वी, जल, तेज र वायु) हो । यसैबाट चेतन, अचेतन सम्पूर्ण कुराहरुको सृजना हुन्छ । चतुर्महाभूत चैतन्य होइन् तथापि त्यसको उचित अनुपातमा हुने समिश्रणले जीवभित्र चैतन्य उत्पन्न हुनजान्छ । चैतन्य विलाएरपछि जीवित शरीरमा एकत्रित चतुर्महाभूत पनि विकर्षण हुन्छ, छुट्टिएर जान्छ । शरीरको अस्तित्व नष्ट हुन्छ, विलय हुन्छ । अतः मृतकको पार्थिक शरीरलाई चितामा भष्म गरेपछि उनको जीवनलीला सदाका लागि समाप्त हुन्छ, उच्छेद हुन्छ । यसरी यो जन्म नै पहिलो र अन्तिम जन्म हो । यसमा धर्म (कर्म र विपाक) र मोक्षलाई उपेक्षा गरेर इन्द्रिय सुखको उपभोगलाई जीवनको अन्तिम लक्ष्यको रुपमा ग्रहण गर्ने गर्दछ । उनीहरुमा वाचुन्जेल सुखले बाँचौ र ऋण काढेर भएपनि मोजमज्जा गरौं (ऋणं कृत्वा घृतं पिवेत् ) भन्ने मनशायमा रहेका हुन्छ ।
आत्मवाद/शाश्वतवाद :– त्यस अनुसार ईश्वर संसारको श्रृष्टिकर्ता, संसारपालक, सर्वश्रेष्ठ, सर्वशक्तिमान, सर्वव्यापी र सर्वज्ञ हो । ससारमा जे–जति भइरहेका छन् ती सबै ईश्वरको कृपाले भएका हुन । स्वर्ग र स्वर्गवासी देवताहरु नित्य र अजरामर हुन्छन्् । यसैगरी सम्पूर्ण मानिसहरुको हृदयमा ज्योतिर्मय ईश्वरीय तत्व आत्माले बास गरेको हुन्छ । यो कहिल्यै नाश नहुने भएकोले नित्य छ । यो अलौकिक छ, आध्यात्मिक छ र शरीर÷देहबाट आत्मा अलग्गिनु मृत्यु हो । शरीरबाट आत्मा अलग भएर त्यस व्यक्तिले गरेको पाप पुण्य कर्महरुसहित अर्को देहमा प्रवेश गर्दछ । यसरी प्राणीहरु जन्मन्छन्, मर्छन र मृत्युपछि फेरि अर्को जन्म लिने गर्दछन् । विना रोकटोक निरन्तर, अटुट र अबिछिन्न रुपमा यसरी मरणपछि पुनर्जन्म चलिरहेको छ, चलिरहने छ । आत्मा यसप्रकार ध्रुव अविनाशी हुन्छन् ।

बुद्धवाद/यथार्थबाद :– मनुष्यको कल्याणको लागि भगवान बुद्धले ४५ बर्षसम्म जुन धर्म प्रचार–प्रसार गर्नुभयो, जुन शिक्षा, ज्ञान र उपदेश दिनुभयो त्यो वहाँले आफै आफ्नो शरीरमा परीक्षण गरेर औल्याउनु भएको यथार्थताको सिद्धान्त हो, परमार्थ सत्य दर्शन हो । यस जगतका सम्पूर्ण भौतिक एवं अभौतिक पदार्थहरु परिवर्तनशील छन्, अनित्य छन् । व्यक्तिको शरीरमा आत्मा नामको कुनै ईश्वरीय नित्य तत्व छैन । संसारको संरचना कुनै ईश्वरबाट भएका होइनन् । प्रत्येक सृष्टिका आ–आफ्नै कारणहरु छन् । बुद्धवाद अनुसार कुनै पनि वस्तुको उत्पति हेतु प्रत्ययबाट हुने गर्दछ । संक्षेपमा हेतुको अर्थ सृष्टिको मूल कारण हो भने प्रत्ययको अर्थ त्यस मूल कारणलाई सहयोग गर्ने अन्य उपकारणहरु हुन् । त्यसैले मनुष्यको जन्म, पुनर्भव (पुनर्जन्म) कुनै ईश्वरबाट निर्धारण हुने नभई आफ्नै कर्मको कारणले हुने गर्दछ । तृष्णाको कारणले कर्म बन्छ, कर्मको उदय हुन्छ । काम, भव र विभव तृष्णा भएकै कारणले व्यक्तिले तन, मन र वचनबाट कर्म गर्ने गर्दछ र तृष्णाबाट मुक्त नभएसम्म पुनः पुनः जन्म मरणको दुःखमय अनन्त भवचक्रमा रुमल्लीरहनुपर्ने
हुन्छ ।
मानिसको मरणासन्न समयमा उसका सम्पूर्ण भौतिक इन्द्रियहरु शिथिल भइसकेका हुन्छन् । त्यसबेला उसमा पूर्वस्मृतिहरु जागृत भईआउने हुन्छन् । पूर्वस्मृतिको रुपमा उत्पन्न हुने मनका चेतनाहरु शरीरबाट निर्गमन भएपछि मानिसको मृत्यु हुन्छ । मृत्युको अर्थ मनको विनाश हो र जन्मको अर्थ मनको उत्पति हो । मृत्युपछि सामान्यतः एक हप्ता भित्र महिलाको अण्ड र पुरुषको शुक्रक्रीटको सङ्गमबाट निर्मित भौतिक शरीरमा यक अन्य कुन प्राणीको योनिमा मन प्रवाहित÷प्रतिसन्धि भएर पुनः अर्को जन्मको शुभारम्भ हुन्छ । जीवनको अन्तिम क्षणमा पूर्व संस्कारहरु पुनरुत्थान भई आउने र सोही अनुसार पुनर्जन्म हुने भएकोले मानिसहरु आफ्नो कर्मबाट अलग्गिन पाउदैन । त्यसैले भगवान बुद्धले भन्नु भएको छ कि आफ्नो मालिक आफै हो । आफ्नो कोही मालिक छैन । आफ्नो मन, बचन र शारीरिक कर्मलाई संयममा राख्न सकेमा दुर्लभ लाभ (निर्वाण) प्राप्त हुन्छ ।
भौतिकवादको अनुसार मृत्यु जीवनको अन्त्य हो । तर आत्मवादीहरुको विचार मनन गर्ने हो भने मनुष्यको मरणपछि उसको नित्य आत्माले अनन्त र निरन्तर रुपमा पुर्नजन्म लिइहरने हुनाले मृत्यु एउटा अध्यायको समाप्तिमात्र हो । वर्तमान जन्मको पूर्वावस्था विगत जन्मको मृत्यु हो र आगत जन्मको पूर्वावस्था वर्तमान जन्मको मृत्यु हो । यसरी जीवन सदासदाका लागि प्रवाहित भइरहन्छ । बुद्धवाद अनुसार तृष्णाको कारणबाट हुने कर्मले मनुष्य पुनः पुनः मृत्यु र जन्मको दुःखमय् भवचक्रमा निरन्तरता पाइरहेको हुन्छ । तृष्णालाई क्षय र निरोध गर्न सकेमा फेरि पुनर्भव (पुनर्जन्म) हुन नपर्ने परम सुख निर्वाण प्राप्त हुन्छ । भगवान बुद्ध यस्तो ऐतिहासिक महापुरुष हुन्, जसले पुनर्भव (पुनर्जन्म) का कारणहरुलाई निमिट्यान्नगरी देह त्याग गर्नुभयो । वहाँ सम्यकसम्बुद्धको चतुरार्थ सत्य र प्रतित्यसमुत्पादको शिक्षालाई व्यवहारिक जीवनमा आत्मसात् गर्न सकेमा वहाँको मार्गमा अवश्य पुगिने छ, दुःखमय जीवनको अध्याय सदाका लागि अन्त्य हुनेछ र जन्म, जरा, व्याधि र मरणबाट निश्चय नै मुक्त हुनेछ ।
— पूर्णमान महर्जन, कीर्तिपुर
No comments:
Post a Comment