वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
“कीर्तिपुरमा स्थानीय नेता चुनिनुपर्छ यसपाली”
संविधानसभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । निर्वाचन हुन्न दिन्नौ र निर्वाचन गर्छौको रस्साकस्सीमा निर्वाचन गर्छौ भन्ने पक्षका दलहरु अहिले उम्मेदवार चयनमा लागिपरेका छन् । मुख्य दलहरु निर्वाचनको पक्षधर भएकाले पनि निर्वाचन हुने आशा गर्न सकिन्छ । भलै , मंसिर ४ मा निर्वाचन सम्भव नहोस् तर चैत्रमा निर्वाचन हुने आशा गर्न सकिन्छ । चैत्रमा पनि निर्वाचन नभए , कुनै न कुनै दिन निर्वाचन हुन्छ । निर्वाचनको अर्को विकल्प
छैन ।
निर्वाचनको तिथि घोषणालगतै कीर्तिपुरमा कुन दलबाट को उम्मेदवार आउने हो , त्यस्को चासो पनि चुलिँदै गएको छ । हामी कीर्तिपुरबासीले धेरैपटक बाहिरका नेताहरु चुनिसकेका छौँ । उनीहरुबाट कीर्तिपुरका लागि विकासका कुनै पनि कार्यक्रम नल्याएका कटु यथार्थ पनि हामीले कालकुट विष जस्तो पिइसकेका छौँ । यसकारण , यसपालीको चुनावमा स्थानीय नेताले प्रश्रय पाउनुपर्छ अनि मात्र कीर्तिपुरमा विकास सम्भव छ भनेर स्थानीय जनमत यसपाली बाक्लिन थालेको छ । हुन पनि हो , प्रजातन्त्रको आगमनपश्चात् कीर्तिपुरले निर्वाचित गरेका नेताहरु , क्रमश ः कृष्णगोपाल श्रेष्ठ , तिर्थराम डंगोल र पुष्पकमल दाहाल ( प्रचण्ड ) कीर्तिपुरका स्थानीय बासिन्दा हैनन् । पार्टीले लगाइदिने टिका उनीहरुले थापे र उनीहरु कीर्तिपुरमा ओर्लेर निर्वाचित भए । कुनै पनि राजनीतिक संकटमा दधिचिको हाड बनेर स्तुत्य कुर्वानी गर्ने यहाँका स्थानीय नेताहरु निर्वाचनको बेलामा ओझेल पारिँदै आएको छ । अव यसपाली यसो हुन दिनु हुन्न । यसपाली स्थानीय जनस्तरबाटै स्थानीय नेताको उम्मेदवारीको आवाज गुँजाउनु पर्छ । स्थानीय नेताको चयनले मात्र विकासको अवतरण हुन्छ । हामीले तेह्र बर्ष गैरस्थानीय नेताको नेतृत्व भोगिसकेका छौँ । अव स्थानियताले प्रश्रय पाउनुपर्छ । यहाँका जनताका पीर र मर्का केवल स्थानीय नेताले मात्र बुझन सक्छ । गैरस्थानीय नेताले हाम्रो घाउ सुम्सुम्याउन सक्दैनन् । केवल मुखवाट आएको ‘आइया’ले खुट्टा दुखेको हो कि हात दुखेको हो थाहाँ पाउन सक्दैन । गैरस्थानीय नेताले जति विकासको नारा घोकेपछि त्यो व्यवहृत नहुँदो रहेछ । प्रचण्डले चाहेको भए कीर्तिपुरलाई के गर्न सक्दैनथ्यो ? तर , विकासलाई दुलही बनाएर कीर्तिपुरमा भित्रयाउनु त परको कुरा , कीर्तिपुरमा प्रचण्डको कतिपटक आगमन भयो ,त्यसलाई पनि औँला भाँचेर गन्न सकिन्छ ।
माओवादीका नेता होस् , कांग्रेसका होस् , नेकपा एमालेका वा अरु कुनै दलका नै । तर , आसन्न निर्वाचनमा स्थानीय नेता नै निर्वाचित हुनुपर्छ । यो समयको माग हो । वास्तवमा भन्ने हो भने , स्थानीय नेताले सतामा पुगेर आफ्नो त्याग र कुर्वानीलाई देखाउने अवसर नै पाएका छैनन् । लघु निर्वाचन हुन सकेका छैनन् भने भएका एउटै ठूलो निर्वाचनमा पनि पार्टीको हस्तक्षेपकारी नीतिको कारण स्थानीय नेताले अवसर पाउन सकेका छैनन् । कीर्तिपुरको प्रतिनीधित्व गरी राजनीतिमा लागिपरेका नेताहरुले केन्द्रियस्तरमा यसबारे आफ्नो आवाज पुरयाउन सक्नु पर्छ भने जनताले पनि यसविषयमा अव आवाज उठाउनु पर्छ । किनभने देशमा नेताहरुलाई कुनै संकट आइपर्यो भने आफ्नो संरक्षणका लागि पहिले दौडेर आउने थलो हो — कीर्तिपुर । यस्तो ऐतिहासिक ठाउँबाट पनि प्रत्यक्ष निर्वाचनमा एक स्थानीय नेता पनि आजसम्म नचुनिनु बिडम्वनाको कुरा हो ।
अव हामीलाई प्रचण्ड जस्ता ठूला नेता चाहिन्न । बाबुराम , झलनाथ , शुशिल कोइराला र उपेन्द्र यादव पनि चाहिन्न । हामीले अव राजकुमार नकर्मी , नारायन महर्जन , दिलीप महर्जन , सुरेन्द्र मानान्धर र पञ्चलालहरुवाट आशा गरेका छौँ । हामीले विगतमा गैरस्थानीय नेताहरुलाई चुनेर ठूलो गल्ती गरिसकेका छौँ । त्यस्को पूनरावृतिका लागि हामी फेरि इच्छुक छैनौँ । बिरालोले आफ्नो शरीरमा टाटेपाटे पोतेर म चितुवा हुँ भनेर जति स्पष्टिकरण दिए पनि उस्को मुखबाट आउने एउटा ‘म्वाउ’ नै काफी छ कि ऊ बिरालो हो भनेर चिन्न । यस्तै झुटो आवरणमा कोही पनि धेरैबेर टिक्न सक्दैन । स्थानीय नेताहरुले चाहेर निर्वाचनमा उम्मेदवारी नदिएका होइनन् । उनीहरुले अवसर नपाएका हुन् र नदिएका हुन् । यसपटक स्थानीय नेताले अवसर पाउनैपर्छ, स्थानीय नेता नै चुनिनुपर्छ । छयालीस सालदेखि छटाछुल्ल पोखिँदै आएको जनताको आशा एकपटक किन स्थानीय नेताको नाममा पनि एक गाग्री असरल्ल नपोख्ने ?
— प्रेमकृष्ण श्रेष्ठ

No comments:
Post a Comment