वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)
झूटको राजनीति कम्युनिष्टलाई सुहाउँदैन
ठूला दलका नेताहरूले एउटा गल्ती छोप्न अर्को गल्ती गरिरहेका छन् । तर एउटा भूललाई अर्को भूलले सच्याउन सक्दैन । तिनीहरू एउटा भूल सच्याउन फेरि अर्को भूलको जाली फ्याँक्दै छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान बत्र नसक्नुको कारण दलले दुई तिहाइ मत प्राप्त गर्न नसकेको भन्दै अर्को गल्ती गरेका छन् । कुनै एउटा दलले दुईतिहाइ मत प्राप्त नगरेसम्म के देशमा कहिल्यै संविधान बन्दैन? दुईतिहाइ मत प्राप्त नगरेसम्म संविधान नबत्रे नेताहरूको यो अभिमतले दोस्रोपटकको निर्वाचनमा पनि संविधान बन्दैन भत्रे नै हो । कुनै दलले दुईतिहाइ मत प्राप्त गरेपछि मात्र संविधान बत्रे र नबत्रे नेताहरूको यो अभिमत अर्को षड्यन्त्रको राजनीति हो । यो षड्यन्त्रको राजनीतिको थालनी एमाओवादीले गरेको छ । एमाओवादीको यो अबको निर्वाचनमा जसरी भए पनि जित्ने दाउ हो । दुईतिहाई मत पाउने नाममा जाली राजनीति गर्नु कदापि ठीक होइन, कम्युनिष्ट पार्टीलाई त सुहाउँदै सुहाउँदैन । मत पाउने नाउँमा कम्युनिष्टका धुरन्धरविरोधी दलसँग मोर्चा गर्ने एमाओवादी कस्तो दल हो भत्रे कुरा नेपाली जनताले बुझ्नैपर्छ ।
एमाओवादीमा जनताको संविधान बनाउनेभन्दा जसरी भए पनि जित्ने दाउमात्रै रहेको देखिन्छ । एमाओवादीले दुईतिहाई मत प्राप्त गरेर कसको या कुन वर्गको सेवा गर्न संविधान बनाउने हो ? यसबारे खोइ प्रतिबद्धता ! एमाओवादी सच्चा कम्युनिष्ट पार्टी हो भने भत्रैपर्छ– पार्टीले दुईतिहाई मत ल्याएमा समाजवादी बन्दोबस्तको संविधान बनाएरै छोड्छ । होइन भने एमाओवादीलाई दुईतिहाइ मतले जिताउनु भनेको देशको राजस्वमा ब्रह्मलुट गर्न छुट दिनुसरह हुनेछ । एमाओवादीको नेतृत्वमा बनेको विगतको सरकारले गरेको निर्णयले एमाओवादी अत्यन्त दलगत स्वार्थमा लागेको पुष्टि भइसकेको छ । एमाओवादीको सरकारले दलगत स्वार्थमात्र होइन भागबण्डाको राजनीतिमा प्राथमिकता दिएको छ । त्यस्तो दललाई दुईतिहाइ मतले विजय गराएमा परिणाम के हुन्छ ? सबै राजनीतिक दल र जनताले थाहा पाउनैपर्छ ।
एमाओवादीका नेताहरूले अहिले भनेझैं मधेसवादी दलहरू रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनसँग मिलेर निर्वाचनमा एकले अर्कोलाई सघाएर जिति नै हाल्यो भने त्यसको परिणाम के हुन्छ समयमै सोच्नु जाती हुन्छ । निर्वाचनमा मिलेर जान सक्छ या सक्दैन त्यो भविष्यले देखाउँछ तर कारणबस मधेसी दलसँग साठगाँठ गरेर जित्यो नै भने त्यो दलले कस्तो संविधान बनाउला ? मधेसी दलसँगको साठगाँठबाट जित्ने एमाओवादीले कसरी समृद्ध नेपाल बनाउँछ ? कम्युनिष्टको सिद्धान्त र विचारअनुसार मधेसी दलसँग मिलेर कसरी काम गर्छ ? के संविधानसभाको निर्वाचन भनेको एक मधेस एक प्रदेश बनाउन नै हो ? के आत्मनिर्णयसहितको सङ्घीय राज्य बनाउन हो ? के एक मधेस एक प्रदेश बनेपछि नयाँ नेपाल बन्छ ? समृद्ध नेपाल बन्छ ?
एक मधेस एक प्रदेश हुनेबित्तिकै मधेसी जनताको हित हुन्छ भत्रे पनि होइन । एमाओवादीको नेतृत्वमा रहेको तमलोपा, नेसपालगायतका दलले एमाओवादीसँग चुनावी तालमेल गरेर जान नसक्ने निर्णय गरिसकेपछि बाँकी दलहरू निर्वाचनसम्म एकता कायम गरेर अघि बढ्ने फेरि उद्घोष गरिएको छ । अघि बढेकै भए पनि न त दुईतिहाई मत पाउन सकिन्छ ? दुईतिहाइ मत पाएकै भए पनि बहुमत जनताको न त संविधान बन्छ ? त्यो एमाओवादीको मधेसवादी दललाई फसाउने षड्यन्त्र हो । जित्ने नाउँमा त्यो बहुमत जनताको संविधान नबनाउने अर्को षड्यन्त्र हो । अबको निर्वाचनमा आम मतदाता ठूलो दल र हल्ला को राजनीतिमा लाग्ने होइन । जनताले त देश बचाउने, सार्वभौमसत्तामा आँच नपुर्याउने दललाई जिताउनुपर्छ । देशमा दलगत स्वार्थ पूरा गर्न र गराउने सव्रिmय दललाई हराउनुपर्छ । पटकपटक देश विभाजनको धम्की दिने दलसँग मिल्ने एमाओवादीलाई जिताएमा नेपाली जनताले ठूलो भूल गरेको हुनेछ, पछि पश्चात्ताप गर्नुपर्ने हुन्छ ।
नेता र कार्यकर्तालाई रिझाउने नाउँमा नेपालजस्तो सानो देशमा ६११ को संविधान सदस्यको बन्दोबस्त गर्ने दल एमाओवादी नै हो । एक मधेस एक प्रदेशको हावा फैलाउने, डरधम्कीमात्र होइन जातीय राजनीति गरेर दल विस्तार गर्ने दल एमाओवादी नै हो। कम्युनिष्ट पार्टी भएर कम्युनिष्टको सिद्धान्तविपरीत काम गर्ने, सबभन्दा बढी गल्ती र माफी माग्ने शान्ति वार्तामा आएकै दिनदेखि अहिलेसम्म झूटको खेती गर्ने, भ्रम फैलाउने र छिनछिनमा बोली र वचन फेर्ने नेता भएको दल एमाओवादी नै हो । अन्तरिम संविधानको मर्मविपरीत अपराधीले पनि निर्वाचनमा उम्मेदवारी दिन पाउने प्रस्ताव राख्ने दल के एमाओवादी होइन ? नेपालको आन्तरिक मामिला सुल्झाउन विदेशी ’प्रभु’ सँग बातचित गर्न रुचाउने, विदेशले सहयोग गर्ने वचन दिएको आडभरोसमा नेपाल तुरुन्तै समृद्ध बत्रे महत्वाकांक्षा गर्ने नेता भएको दल एमाओवादी नै हो । मारपिट, दङ्गाफसाद गर्ने, धाकधम्की दिएर चन्दा असुल्ने त्यस दलको चरित्र हो । एमाओवादीमा नआए भौतिक कारबाही गर्ने धम्की दिई जबरजस्ती कार्यकर्ता बनाउने, चन्दा नदिएको निहुँमा भौतिक कारबाही गर्ने, बेपत्ता पार्ने र अपहरण गर्ने दल एमाओवादी हो । एमाओवादीसँग लडाकू र हतियार भएकै कारण उद्यमीहरू डराएका हुन्। डराएरै चन्दा दिएका हुन्, कार्यकर्ता बनेका हुन् ।
मधेसवादी दलहरू देश र जनताको हित गर्न स्थापना भएकै होइन । मधेसवादी दलले मधेसी जनताको हित पनि गर्दैन । मधेसी दल मधेसीको भजन गाएर मधेसी जनतालाई जमिनदार, शोषक, सामन्त वर्गले रजाइँ गर्न गठन भएको हो । मधेसी जनताको नाउँबाट शोषण गर्न गठन भएको हो– मधेसी दल । त्यस्तो नितान्त जातीय दलसँग गठबन्धन गर्ने या निर्वाचन मोर्चा बनाएर अघि बढ्ने एमाओवादीको चालको रहस्य समयमै बुझ्नैपर्छ। निर्वाचनमा जित्ने र जित्नु नै महान, सही, क्रान्तिकारी ठात्रे र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चमत्कारपूर्ण कार्य गरेको देखाउन नै एमाओवादीले यो चालबाजी गरेको हो । यसले संसारमा नक्कली कम्युनिष्ट पनि हुँदा रहेछन्, जित्ने नाउँमा कम्युनिष्टको सिद्धान्त र विचार बाधक राख्ने दलहरू रहेछन् भत्रे थाहा हुन्छ ।
जनताको चाहना आमूल परिवर्तन हो । आमूल परिवर्तन कम्युनिष्ट पार्टीले मात्र गर्छ । आमूल परिवर्तनविना श्रमजीवी वर्ग या शोषित पीडित जनताको हित असम्भव छ । आमूल परिवर्तन शान्तिपूर्ण तरिकाले संसदमा बहुमत प्राप्त गरेर हुने होइन । गएको संविधानसभाको निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले बहुमत प्राप्त गरेकै हो । तर आमूल परिवर्तन त के कम्युनिष्ट सिद्धान्तअनुसार कम्युनिष्टको ’क’ पनि भएन । आफूलाई ठूला भत्रे कम्युनिष्ट पार्टीले वर्ग सङ्घर्षको भावना छोड्दै गएको छ ।
वर्गसङ्घर्ष छोडेर शान्तिपूर्ण बाटो लिएको छ । वर्गसङ्घर्षको भावना छोडेको दलले कम्युनिष्ट पार्टी नाउँ राख्नु बेकार छ । कम्युनिष्ट पार्टी नै हो भने त्यसको सिद्धान्तअनुसार राजनीति गर्नुपर्छ, जनतालाई राजनीतिक रुपले शिक्षित र सङ्गठित गर्नुपर्छ । कम्युनिष्ट पार्टीले निर्वाचन होस या कुनै पनि सभा सङ्गठनमा कम्युनिष्टको सिद्धान्तअनुसार समाजवादी बन्दोबस्तबारे प्रचारप्रसार गरिनुपर्छ र समाजवादी बन्दोबस्तको संविधान बनाउन अघि सर्नुपर्छ । कम्युनिष्ट पार्टीको बखान गरेर पूँजीवादी राजनीति गर्नु गलत छ । त्यो धोका हो ।
जनताले जसको शक्ति उसको भक्ति गर्ने होइन । ठूलो र हल्लाको पछाडि जनता दगुर्ने होइन । निर्वाचन हुनेबित्तिकै संविधान बत्रे र बत्रे संविधान बहुमत जनताको पक्षमा बन्छ भत्रे होइन । दुईतिहाई दाबी गर्ने दलले कस्तो संविधान बनाउने भत्रे कुरा खाका तयार गरेको छैन । संविधान बन्छ भनेर मात्र हुँदैन । निर्वाचनमा जित्न कम्युनिष्टको खोल ओढ्ने र सरकारमा गएपछि पूँजीवादी राजनीति गर्ने दलदेखि जनता सावधान हुनुपर्छ ।

— गौरव प्रधान
No comments:
Post a Comment