वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
सापारु वृत्तचित्र प्रर्दशन
सापारु वृत्तचित्र प्रर्दशन गत श्रावण ४ गते शुक्रवारका दिन हिलसाइड होटलमा एक विशेष समारोहका बीच प्रचण्ड मल्ल, बलदेब जुजु को प्रमुख आतिथ्यमा तीर्थ नामक कार्यक्रममा बिमोचन गरिएको लेखक विनोद श्रेष्ठका ३ कृतिहरुलाई आधार मानि मृत्युसंस्कार संग सम्बन्धित नेवार तथा गैर नेवार दुबै समुदायले मनाउंदै आईरहेको गाईजात्रा पर्व र यस भित्रका विभिन्न धार्मिक, सामाजिक तथा कीर्तिपुरको ऐतिहासिक घटनालाई समेतेर नेपालभाषामा तयार गरिएको सापारु वृत्तचित्र हाल सम्म ३ ठाउंहरुमा प्रर्दशन गरिसकेका छन् । करिब एक दशक लामो अनुसन्धानलाई आत्मसाथ गरि निर्माण पक्ष भिडियोलिंकले एक वर्ष लगाएर बनाएको उक्त वृत्तचित्रले उपत्यकाको उत्पत्ति संगै कीर्तिपुरमा विभिन्न समयकालमा बिकासभएका संस्कृतिहरुलाई आफ्नो विषयबस्तु बनाउनेक्रममा गाईजात्रालाई प्रमुख विषयबस्तु बनाएको र संस्कृतिलाई समयसापेक्षिक बनाउंदै लाने क्रममा गाईजात्रा संस्कृति भित्र देखिएका विभिन्न चुनौति, कमिकमजोरीहरुलाई पनि स्पष्ट रुपमा देखाउन सफल भएका छन् । स्थानिय आधिकारिक व्यक्तिहरुको स्थलगत अन्र्तरवार्ताका आधारमा तयार गरिएको यस वृत्तचित्रमा कीर्तिपुर भित्रका अधिकांश दाफा खलः तथा गुठीका थकाली (अग्रज) अनुभवि व्यक्तिहरुले आफ्नो प्रतिनिधित्व देखाई विषयबस्तुलाई थप प्रोत्साहन दिएका छन् । यस बीच कीर्तिपुरमा गाईजात्राका दिन देय् गुठीको भुमिका, तान्त्रिक पुजा, तीर्थ मुकुट, बाघभैरव नाच, धे धे पा पा नाच, त्वानाः जात्रा, नाय्खिंच्वयेकेगु हांस्यब्यंग्य लगाएतका विषयहरुको उत्पत्तिकाल देखि वर्तमान सम्मको अबस्थालाई देखाउने प्रयास गरेका छन् ।
वृत्तचित्रले गाईजात्रा संस्कृति देश शुद्ध, शान्ति र कल्याणका लागि शुरु भएता पनि हाल हांस्यव्यङ्ग्य पर्वका रुपमा मात्र सिमित हुंदै गएको कुरा देखाएका छन् । यसरी कीर्तिपुरमा पहिलो पटक स्थानिय व्यक्तिहरुको अधिकतम सहयोगमा निर्माण भएको सापारु वृत्तचित्रको पहिलो प्रर्दशन हिल साइड होटल, दोश्रो चिठू विहार सामुदायिक भवन तथा तेश्रो लुजः बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नगाउं सामुदायिक भवनमा गरि ३ फरक ठाउंहरुमा देखाईसकेका छन् । स्थानिय व्यक्तिहरुको सहयोग पाए थप अरु ठाउंहरुमा पनि यसको प्रर्दशन गरिंदै लाने कुरा निर्माण पक्ष भिडियोलिंकले बताएका छन् ।
No comments:
Post a Comment