Saturday, September 14, 2013

बाघ भैरवमा लिटिल डाक्टर कक्षा सञ्चालन

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

बाघ भैरवमा लिटिल डाक्टर कक्षा सञ्चालन

    कीर्तिपुर । विद्यालयबाटै लिटिल डाक्टर तयारी गर्ने बाघभैरव बोर्डिङ स्कुलमा कीर्तिपुरले शैक्षिक सत्र २०७० देखि लिटिल डाक्टर कक्षा संचालन गरिने भएको छ ।
     विद्यालयबाट लिटिल डाक्टर (बाल डाक्टर) तयार गर्ने उद्देश्यले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई डाक्टरको शिक्षा दिने भएका छन् ।
सो कक्षा संचालन गर्ने सम्बनधमा १९ गते शनिवार स्कुलको प्राङ्गणमा विशेष कार्यक्रम गरी उद्घाटन गरियो ।
प्रमुख अतिथि फाडर अफ लिटिल डाक्टर दर्जा पाएका डा श्यामसुन्दर मिश्रले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको थियो ।
    त्यस क्रममा वहाँले देशमा सामान्य स्वास्थ्य सम्बन्धि पनि ज्ञान नभएर अकालमै धेरै मासिको मृत्यु हुने  भएकोले विद्यालयबाटै डाक्टरी शिक्षा दिन लागेको बताउनुभो । यस्तो प्रोगाम २०५२ सालदेखि नै देशका विभिन्न गाउँमा संचालन भएको जानकारी दिनुभयो ।
    कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव दुर्गा प्रसाद प्रसाईले विद्यालयबाटै स्वास्थ्य सम्बन्धी ज्ञान दिने योजना सराहनीय रहेको बताउनुभयो ।
    डा. पेरुले बच्चाहरुमा डाक्टरी शिक्षा दिदां धामी झाक्री जस्ता अन्धविश्वासबाट टाढा रहने विचार राख्नुभयो ।
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल पीएन पौडेलेले स्वागत मन्तब्यको क्रममा कक्षा ५ देखि  ८ सम्मका छात्र र छात्रा १२/१२ जना गरी जम्मा २४ जना विद्यार्थीहरुलाई डाक्टरी शिक्षा दिन लागेको बताउनुभयो ।
    कार्यक्रममा काठमाडौं मोडेल अस्पतालका डा. बसन्त महर्जन, पाटन अस्पतालका डा किसोर बञ्जारी, नोवेल अस्पतालका डा नवराज, अभिभावककोतर्फबाट राजु बोहरा लगायतले कार्यक्रम सफलताको कामना गर्नुभएको थियो । हाललाई सो कक्ष शुक्रवार स्कुल छुट्टि भइसके पछि र शनिवार विहान २ घण्टा पढाई संचालन हुने छ ।
    प्रशिक्षार्थीलाई निर्देशन पुस्तिका, गाउन र ब्याच हस्तान्तर कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरुले गरेको थियो भने कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राममान सिंहको सभापतित्वमा भएको थियो ।

No comments:

Post a Comment