Saturday, September 14, 2013

कुखुरा खुलासंगै वर्डफ्लुको वृद्धि क्वारेन्टाइन जाँच र फार्ममा र्यापिड परीक्षण गरिने

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

कुखुरा खुलासंगै वर्डफ्लुको वृद्धि

क्वारेन्टाइन जाँच र फार्ममा र्यापिड परीक्षण गरिने

    सरकारले कुखुरा तथा कुखुराजन्य पदार्थ किनवेचमा लगाएको रोक विहीवारदेखि लागु हुने गरी खुला गरेका छन् । कुखुरा खुलासंगै वर्डफ्लु संक्रमण वृद्धि भएको छ । विहीवारमात्र भक्तपुरमा आठ कुखुरा फार्ममा वर्डफ्लु ररहेको पुष्टि पशु महानिर्देशनालयले जनाएको छ ।
    उपत्यकामा ब्यापक फैलिएपछि नियन्त्रणको लागि सरकारले कुखुराको मासु र फुलको कारेवार एक हप्ता रोक्ने निर्णय गरेका थियो ।
     बुधवार पशुस्वास्थ्य निर्देशनालय, प्राविधिक र कुखुरा ब्यावसायीवीच बसेका बैठकले काठमाडौंका चार नाका नागढुङ्गा, साँगा, फर्पिङ र नार्गाजुनमा सरकारी प्राविधिकले क्वारेन्टाइन चेक गरेर स्वस्थ कुखुरा भएको प्रमाण पत्र पाएपछि मात्र विक्री वितरण गर्न पाउने निर्णय गरेको छ । ती नाकामा पनि चिकित्सक टोलीले आकस्मिक जाँच गरी स्वस्थ भएको पुनःपृष्टि भएपछिमात्र लैजान दिइने छ । पुनः परीक्षण गर्दा वर्डफ्लु भेटिए त्यही नाकामै नष्ट गरिने पशु सेवा विभागका प्रवक्ता नारायण घिमिरेले बताउनुभयो ।         वर्डफ्लु संक्रमित क्षेत्र मध्ये हिजोबाट भक्तपुर, थानकोट र कीर्तिपुरका प्रत्येक कुखुरा फार्ममा जिल्ला पशु सेवा कार्यालयको निरीक्षण टोलिले र्यापिड परीक्षण गरी स्वस्थ्य कुखुरा बजार पठाईने भक्तपुर कुखुरा पालक ब्यवसायी संघका अध्यक्ष तुल्सीराम दुवालले बताउनुभयो ।
     सरकारले थप दश दिन कुखुरा विक्री वितरण रोक लगाउने तयारी गरेपनि ब्यवसायीको करोडौ घाटा वेहोरेको भन्दै विहीवारबाट पशु चिकित्सकबाट वर्डफ्लु परीक्षण गरी प्रमाणपत्र लिइसकेपछि विक्री वितरणमा लान सक्ने भएपछि खुला गरेको हो ।
    उपत्यकामा मात्र यो साउन महिनामा ६०–७० वटा कुखुरा फर्ममा वर्डफुल कुखुरा भेटिएको र त्यहाँका सवै कुखुरा र फुल नष्ट गरिएको, फर्ममा एन्टी वर्डफ्लु औषधी प्रयोग गरी फर्म समेत सफा गरेको थियो ।
     उपत्यकामा भक्तपुर, थानकोट र कीर्तिपुरमा कुखुरा ब्यवसायीको संख्या  अत्यधिक रहेकाले सो क्षेत्रका प्रत्येक कुखुरा फार्ममा र्यापिड परीक्षण पछिमात्र विक्री वितरण गर्ने ब्यवस्था गरिएको हो  । कुखुरा फार्म वस्तीबाट ३ किमी पर हुनुपर्ने मापडण्ड रहेपनि उपत्यका भित्र घनावस्तीको कारण सवै क्षेत्रमा वर्डफ्लुको संक्रमण मानिसमा सजिलै सर्न सक्ने सम्भावनालाई ध्यान दिएर पशु चिकित्सकहरुले कडाईका साथ परीक्षण गर्नुपर्ने जरुरी छ ।

No comments:

Post a Comment