वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
नेपाली कि भारती ?
हामी नेपाली नै भएर वाच्ने कि भारती ? यो गम्भिर प्रश्न सृजना हुने संकेत देखा परेको छ, सिक्किमलाई
भारतमा गाभ्न जे जस्तो प्रक्रिया भारतीय सरकार र सिक्किमका लेण्डुप दोर्जे
मार्काले खेलेको भूमिका नेपालको परिपेक्षमा पनि मिल्दै आइरहेका छ ।
भारत सिक्किमलाई आफनो पञ्जामा राख्न रामदयाल चोयाल लेण्डुपदोर्जे लाई
सम्मान गर्ने, ज्वाईसरह मान्ने, विभिन्न तरहले सहयोग गरे झैं नेपालका
राजनेताहरुलाई भारतमा वोलाइ रातो कार्र्पेतमा स्वागत गरेको भलाकुसारी
गरेको, अङकलमाल गरी भब्य र सम्मानले नाक त ठूलो बनायो होला, नेता तथा
कार्यकर्ताहरु पार्टीका शीर्ष नेतालाई विदेशमा सम्मान पाउँदा खुशी त लाग्यो
नै होला ।
भारतको निगाह विना सत्ता नपाउने परम्परागत प्रचलनबाट
नेपालका शासक दलहरु त्राहीत्राही छन् । त्यसैले भारतसमक्ष नतमस्तक हुँदै
आइरहेका छ ।
मधेसी दलहरु एक मधेस एक प्रदेशको राज्य माग तीव्र
पार्नु, एमाओवादी लगायतका जातीयबादी पार्टीहरु जातीय राज्यको माग तीव्र
पार्नु नेपालमा संधै अस्थिर राजनीति बनाउने भारतको चाहना रही आएको छ ।
धमिलो पानीमा माछा मार्न खप्पिस भारत धमिलो राजनीतिको जाती र भाषाको आधारमा
राज्य हुनुपर्ने सल्लाह फेरि पनि दिदैछन् ।
अव हुने संविधानसभामा
जनसंख्याको आधारमा तराई मधेस क्षेत्रमा क्षेत्र वृद्धि गर्नुपर्ने माग
उठीहरको छ भने एमाओवादी एमाले , नेका जस्ता सत्तासिन पार्टीहरु दुई तिहाई
बहुमतको हुंकार दिइरहेका छन् ।
लेण्डुप दोर्जेको पार्टी सिक्किमको
संसदीय निर्वाचनमा विदेशको सहयोगमा संसदको ३३ मा ३१ सिट जिते पछि संसदबाट
पारित गरी जसरी भारतमा विलय गराएको थियो । त्यसरी नै अहिले ठूलो पार्टीको
दुई तिहाई बहुमत सिक्कमीकरण गर्ने लाइसेन्स बन्ने त होइन , यसवारे
सवै नेपाली जनताले सोच्नुपर्ने बेला आएको छ । अब हामी नेपाली भइरहने हो या
भारती ? देशमा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र युरोपेली संघ एकै
साथ संविधामन निर्माणको नाममा प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप बढेको
छ ।
शासक पार्टीहरु सत्तामोहन कारण चूईक्क वोल्न सकेको छैन ।
वैदेशिक हस्तक्षेपको विरोधमा नेमकिपाले देशब्यापी जनतचेतना अभियानलाई
तीव्र पारेको छ । संविधानसभाको नाममा देश गुमाउने कि वैदेशिक हस्तक्षेपको
विरोधम सारा जनता सचेत भएर देशको स्वाधिनता र सार्वाभौमिकता रक्षा गर्ने,
देश बचाउने ? पक्कै पनि हामी सचेत भएनौ भने देश रहला तर नेपाली रहने छैन ।
त्यसैले अहिले समय देश र नेपालीको स्वाभिमान, सर्वाभौमिकता स्वतन्त्र
राष्ट्र कायम राखी राख्न लेण्डुप दोर्जे विचारको विरोध गरौं । वैदेशिक हस्तक्षेपको विरोध अभियानमा साथ देऔं ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete