Wednesday, October 16, 2013

कीर्तिपुर निर्माणमा व्यावधान जाँड–रक्सी

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर निर्माणमा व्यावधान जाँड–रक्सी

    व्यक्ति, परिवार र समाजको विकासले मात्र राष्ट्र निर्माणको दर्शन पाइन्छ । संक्षेपमा भन्नु पर्दा मानव सभ्यताको विकासपछि मात्र राष्ट्रको निर्माण हुन सक्दछ । आज मानव सभ्यता माथि जाँड–रक्सीको दुव्र्यसनका कारण सम्य समाज र मर्यादित परिवारमा नै झै–झगडा तथा डरलाग्दो परिस्थिति देखा पर्ने लक्षण देखिँदैछ । कीर्तिपुरमा नाम चेलेका केही रेष्टुरेण्टका महिला ग्राहकहरुको उताउलो फेशन शो, बाटोमा हिँड्दा चुम्बन गरी हिँड्ने गर्दा भोलि हाम्रा छोरीहरु पनि उनीहरुको नक्कल गर्न कुनै बेर लाग्दैन जस्तो लाग्छ ।
    कीर्तिपुरको जिर्णोद्वार गरेर सुन्दर सभ्य र विकसित कीर्तिपुरको निर्माण व्यवधान उत्पन्न गराउने जाँड–रक्सीको नियन्त्रणमा समाजका सबै पक्ष लागि पर्नुपर्ने टड्कारो आवश्यकता छ । सिँगै कीर्तिपुरको जनशक्ति सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र एवं राजनीतिक तहको सामुहिक तथा समन्वयात्मक अभियानले मात्र हामी जाँड–रक्सीको विरुद्ध सभ्य र सुन्दर नमूना कीर्तिपुर निर्माण सफलता हासिल गर्न सक्ने छौं ।
    कीर्तिपुरमा जाँड–रक्सीको अनियन्त्रित प्रयोग, व्यवसाय–दुव्र्यसनको दुरुपयोगबाट एउटा सभा समारोह पीर, चिन्ता, हर्ष, विस्मात र मनोरञ्जनको फेशनबाट आकासिन थालेको छ । हाम्रा पुर्खाहरुले छाडेर गएका धरोहर नै आजको समाज र संस्कार हो भने भावी पुस्तालाई यो धरोहर हस्तान्तरण गरी हामी संसारबाट विदा हुने कुरा अकाट्य सत्य हो । यस्तो संवेदनशिलतालाई मध्य नजर राखी समाजको भावी रुपरेखा नखल्वल्याई नित्य निरन्तरता दिन पनि जाँड–रक्सी जस्ता कुलतबाट आजका बालबालिका एवं युवापीडितलाई जोगाउन अत्यन्त जरुरी भइसकेको छ । युवा पुस्ताको मष्तिषकमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दार िभावनाको अभिवृद्धि गराउँदै लैजानु पर्दछ । यसै राष्ट्रिय दायित्वलाई जिम्मेवारी साथ पालना गर्न सके युवा पुस्तालाई जाँड–रक्सीको दलदल नर्कबाट जोगाई समुन्नत समाजको पहिचान दिन हाम्रो कीर्तिपुर सफल हुनेछ ।
    समाजलाई सुमार्गमा लगाउने कार्यको नीति निर्माण र कार्यान्वयनले कीर्तिपुरको उच्च प्रतिष्ठा चुलिनुको साथै कीर्तिपुरको चौतर्फी विकासको लागि पनि जाँड–रक्सीलाई सामाजिक बहिस्कारका रुपमा अभियानलाई आन्दोलित गर्न सके त्यसै अनुरुप सकारात्मक प्रतिफल प्राप्त हुने कुरा निर्विवाद सत्य स्वीकार गरिनुपर्दछ । सबैभन्दा चिन्ता कीर्तिपुर र आफ्ना बालबालिकाको भविष्यप्रति हामी सबैले गर्नु पर्दछ । जाँड–रक्सीको कुलतका कारण कैयौं मानिसहरुको जीवन विफल भएका छन् । कैयौं युवाहरु अकालमै मृत्यु भएका उदाहरण हाम्रो सामु प्रष्ट छन् । जाँड–रक्सीको नशाले नपुगेर स्वास्थ्यको लागि अत्यन्त घाटक लागु औषधः अफिम, चरेस, त्बदिभतक तथा क्ष्लवभअतष्यलक जस्ता लागु पदार्थ सेवन गरी हत्या हिँसा, अपहरण, चोरी तथा बलात्कार जस्ता जघन्य अपराध गर्नेहरु हाम्रो नेपालमा प्रसस्त छन् । यस्तो अपराध काम जाँड–रक्सीबाटै सुरु हुने गरिन्छ । स्वास्थ्यको लागि हानिकारक जाँड–रक्सी बेचेर आफूले आफूलाई सामाजिक स्वयंसेवक भन्न मिल्दैन र सुहाउँदैन ।
    कीर्तिपुरलाई सुन्दर र विकास गर्नका लागि काँध थाप्ने आजका युवा पुस्तालाई जाँड–रक्सीको कुलतबाट रोकेर सिर्जनशिलतातर्फ लगाउनु पर्दछ भने बालबालिकाको प्राथमिक शिक्षा दिइनेदेखि नै समाज विरोधी जाँड–रक्सीको विरुद्ध शिक्षा दिइने व्यवस्था गरिनुपर्दछ । कीर्तिपुर नगरपालिका काठमाडौंको धेरै नजिकको सहर हो । तर, यहाँको विकास भने केही भएको देखिन्न । कीर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालय भएकोले मात्र कीर्तिपुरको बजार, व्यापार चहलपहल भएको भनिन्छ । सायद, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय नभएको भए देश–विदेशका मानिसलाई कीर्तिपुरको नाम थाहा हुँदैन होला । त्यसैले पनि हामी कीर्तिपुरेहरु अन्य विकासका कामहरु गर्नुपर्ने आवश्यक छ ।
    कीर्तिपुरको विकासका निम्ति अवरोध सिर्जना गरिने जाँड–रक्सीको व्यापार हटाउनु पर्दछ । रेष्टुरेण्ट व्यवसाय गरी धेरै टाढाको ग्राहक आउँदैमा कीर्तिपुरको विकास भएको भन्न मिल्दैन । भोलि सरकारी स्तरबाटै रेष्टुरेण्ट व्यवसाय गरी धेरै टाढाको ग्राहक आउँर्दैमा कीर्तिपुरको विकास भएको भन्न मिल्दैन । भोलि सरकारी स्तरबाटै रेष्टुरेण्ट व्यवसाय बन्द गर्न लगायो भने यहाँका युवायुवती कहाँ रोजगार खोज्न जाने ?
    यस अवस्थामा पूर्ण रुपमा मानव विकास र जाँड–रक्सीको कुलत छुटाई नयाँ जीवन दिने सेवामा समर्पित फिट्नेस प्वाइन्ट ट्रेडिङ्गद्वारा कीर्तिपुरका भविष्यका कर्णधार युवा शक्तिलाई जाँड–रक्सीको कुलतबाट जोगाउन प्रयासरत छु । शिष्ट र सभ्य समाजको संरचना तयार गर्न अनुकरणीय प्रयासको कीर्तिपुरको सबै पक्षबाट उत्साह बढाउने प्रशंसा तथा प्रेरक सहयोग प्राप्त हुने आशा गर्दछु । यी र यस्तै सामाजिक आन्दोलनको माध्यमबाट कीर्तिपुरको विकास निर्माणमा व्यवधान जाँड–रक्सीबाट मुक्त समाजको सृजना गर्न सकिन्छ भन्ने मेरो अठोट र विश्वास रहेको छ । यदि तपाईंको घर–परिवारमा यस्तै जाँड–रक्सी तथा अन्य लागु पदार्थ सेवन गरी परिवारलाई दुःख दिने व्यक्ति कोही छन् भने तपाईंको सहरमा स्थापित फिट्नेस प्वाइन्ट ट्रेडिङ्गलाई सम्झन सकिन्छ । जाँड–रक्सी सेवन गरी स्वास्थ्यमा प्रतिकुल असर परेका धेरै व्यक्तिहरुलाई हामीले नयाँ जीवन दिएका छौं ।
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete