Wednesday, October 16, 2013

कीर्तिपुर बहुउद्देश्यीय सहकारी नयाँ भवनमा

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर बहुउद्देश्यीय सहकारी नयाँ भवनमा

    कीर्तिपुर बुहुउद्देश्यीय सहकारी संस्था लि. आफ्नै नयाँ भवनमा २३ गते आइतबारदेखि कारोबार सञ्चालन गर्ने भएको छ ।
    केएमसी कम्प्लेक्स भवनको दोस्रो तल्लामा सर्ने भएको छ । भुईं तल्ला र पहिलो तल्लामा कीर्तिपुर सहकारी पसल केही दिनमै सर्ने पनि संस्थाका अध्यक्ष रमेश महर्जनले सहिदलाई बताउनुभयो ।
    भवनको तेस्रो तल्लामा व्यापारीको लागि फेन्सी, कस्मेटिक, रेडिमेड सामानहरुको बिक्री केन्द्र रहनेछ भने चौंथो र रुफटपमा रेष्टुराँ रहनेपनि वहाँले जानकारी दिनुभयो ।
    लिफ्ट सहितको कीर्तिपुरमै पहिलो व्यपारिक केन्द्र हुने भएको छ कीर्तिपुर बहुउद्देश्यीय सहकारी भवन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete