वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
सहमति उल्लङ्घन धोखा नै हो
चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चालाई धोका दिएको खबरले चार दलप्रति घृणा हुनु अस्वाभाविक होइन । मोर्चा र समितिबीच चरण–चरणमा भएको वार्तामा गोलमेच सम्मेलन या सर्वदलीय बैठक राख्ने सहमति भएको हो । सोही सहमतिअनुसार दुईतीन दिनभित्र आ–आफ्नो दलमा गृहकार्य गरी बैठक नै बोलाउने नेताहरुले फुकेकै हुन् । यसरी नेपाली जनतासामु सार्वजनिक भएको सहमति र वाचा छोडेर मोर्चाले कुनै प्रस्ताव राख्यो भनेर एकाएक भङ्ग गर्नु हुँदैनथ्यो। बैठक बोलाउने वातावरण तयार गर्नुपर्दथ्यो ।
गोलमेच सम्मेलन गर्ने सहमतिको मसी सुक्न नपाउँदै त्यो भङ्ग हुनु सहमतिविपरीत हो । यस अर्थमा त्यो धोखा हो, बेइमानी हो । गोलमेच सम्मेलन निष्कर्षमा पुगे पनि या नपुगे पनि बोलाइनु पर्दथ्यो । सम्मेलन नबोलाउने हो भने सहमति नै गर्नु हुँदैनथ्यो। बैठक बोलाएर सल्लाह गर्दा गर्दै विषय नटुङ्गिनु अर्को पाटो हो । गोलमेच सम्मेलन गरेर बैठक निष्कर्षमा पुगेन भने राजनीतिक समितिले धोका दिएको मानिंदैन, बेवास्ता गरेको मानि“दैन। तर अहिले निर्णयमा पुग्ने होइन या मोर्चाको प्रस्ताव मान्य हुँदैन भनेर बैठक बोलाउने सहमतिकै उल्लङ्घन गर्नु मनासिव होइन।
निर्वाचन गर्ने हो, निर्वाचन गर्ने चार दलको मनसाय हो भने वार्ता भङ्ग गर्नु ठीक होइन । निर्वाचनबाट भाग्ने दललाई खोजी खोजी सम्झाई सम्झाई सहमतिमा ल्याउनुपर्नेमा उल्टो वार्तामै सहभागी हुने दललाई छोड्नु निर्वाचन सफल पार्ने उद्देश्यविपरीत हुन्छ । निर्वाचन कुनै हालतमा हुन्छ भनेर निर्वाचनमा हिंसा निम्त्याउने, भड्काउने र बिथोल्ने वातावरण तयार गर्नु गलत हो । राजनीतिक समितिको नै निर्वाचन गर्ने चाहना छैन या निर्वाचन सफल होस् या नहोस् गरेरै छाड्छौं भनेर लागेर पछि पछुताउने काम गर्नु ठीक होइन । बेलैमा बुद्धि पुर्याउनु जाती हुनेछ ।

– मेरिना शाक्य
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete