Wednesday, October 16, 2013

चौधरीको वाइवाइ चाउचाउविरुद्ध मुद्दा

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

चौधरीको वाइवाइ चाउचाउविरुद्ध मुद्दा

    सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउको गुणस्तर तोकीएको भन्दा न्यून भेटिएपछि सरकारले आवश्यक कारबाहीका लागि मुद्दा दायर गरेको छ।
    वाइवाइ व्यवसायिक घराना चौधरी ग्रुपको उत्पादन हो। वाइवाइ चाउचाउ उत्पादन सिजी फुड्स प्रा.लिविरुद्ध कारबाहीका लागि खाद्य तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गरेको आजको नयाँ पत्रिकामा खबर छ । विभागको मुद्दा उपर कस्तो कारबाही हुने भत्रे फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने प्रावधान रहेको छ।
     चौधरीको ललितपुर, भैसेपाटीस्थित उद्योगलाई विपक्षी बनाई मुद्दा दायर गरिएको खाद्य ऐन अनुसार कारबाही गर्न विभागले सिफारीस गरेको छ। वाइवाइ चाउचाउमा प्रयोग हुने खाने तेलको गुणस्तर कम पाइएपछि जनस्वास्थ्यमा खेलबाड गरेको ठहर गर्दै आवश्यक कारबाहीका लागि मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete