Wednesday, October 16, 2013

कीर्तिपुर माविद्वारा उत्तीर्ण विद्यार्थी सम्मानित

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर माविद्वारा उत्तीर्ण विद्यार्थी सम्मानित

    कीर्तिपुर माध्यामिक विद्यालयद्वारा प्रवेशिका परीक्षा २०६९ मा उत्तीर्ण विद्यार्थीहरुलाई विभिन्न पुरस्कारबाट मंगलबार सम्मान गरियो ।
    विद्यालयतर्फबाट प्रथम श्रेणीलाई एक हजार र दोस्रो श्रेणीलाई ५०० नगद प्रमुख अतिथि प्रा.डा. रामकृष्ण महर्जन र विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश महर्जनले प्रदान गर्नुभयो ।
    त्यसक्रममा प्रमुख अतिथि प्रा.डा. महर्जनले कीमाविका शिक्षक सक्षम र विद्यार्थीहरु मेहनती हुँदाहुँदै पनि समन्वयको राम्रो व्यवस्था नहुँदा सन्तोषजनक नतिजा नआएको बताउनुभयो । कुनै विद्यालयको शिक्षक भन्दा कीमाविका शिक्षक कम छैनन् भन्नुभयो। विद्यार्थीहरुले राम्रो बन्न मेहनत गर्नुहोला एक सक्षम नागरिकको लागि बाटो खुला भएको भन्नुहुँदै जस्तोसुकै श्रेणीमा उत्तीर्ण भएपनि हरेश नखान सल्लाह दिनुभयो ।
    त्यसैगरी विशेष अतिथि महर्जनले सरकारी विद्यालयमा पढेको भनेर हरेस नखानु । सरकारी विद्यालयबाटै धेरै राम्रो राम्रो जनशक्ति तयार भएको छ भन्नुहुँदै विद्यार्थीहरुले राम्रो बन्ने कोशिस गर्न ठूलो बन्ने होइन । राम्रो र दक्ष विशेषज्ञ बनेपछि ठूलो आफै बन्नेछ भन्नुभयो ।
    पूर्व शिक्षक गौरिकृष्ण श्रेष्ठले विद्यालयमा कमजोर विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्न सबैभन्दा कम प्रतिशत ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
    शिक्षक गौतम महर्जनले मेहनत गरेमा हरेक वर्ष सफलतामा हामी पुग्ने छौं भन्नुभयो ।   
    कार्यक्रममा विभिन्न दाताहरुबाट स्थापना गरिएका नगद पुरस्कार तथा कदर पत्र वितरण गरिएको थियो ।
    स्व.मंगलमुनि बज्राचार्य उत्कृष्ट विद्यार्थी पुरस्कार नगद रु. १० हजार दाता अशोकमुनि बज्राचार्यले उत्कृष्ट विद्यार्थी शुक्रराज मोक्तानलाई प्रदान गर्नुभयो । त्यसैगरी विद्यार्थी मोक्तानले स्व.विष्णुलाल स्मृति पुरस्कार रु. ५ हजार विनोद महर्जनबाट, स्व.रामदेवी श्रेष्ठ स्मृति पुरस्कार नगद रु. ५ हजार विद्यालयका प्रअ जनार्दन श्रेष्ठबाट र स्व.रामप्यारी स्मृति नगद पुरस्कार नगद रु. ५ हजार र छात्रामा उत्कृष्टलाई प्रदान गर्नुभयो ।     साथै विद्यालयको तर्फबाट एक हजार रुपैयाँ उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो भने स्व.राम श्रेष्ठ स्मृति विद्यालयबाट द्वितीय हुने  लाई ३ हजार र तृतीय हुने  लाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
    कार्यक्रम विद्यालयका प्रअ जनार्दन श्रेष्ठको सभापतित्वमा भएको थियो भने कार्यक्रम शिक्षक हिराबहादुर महर्जन र कक्षा १० मा अध्ययनरत विद्यार्थी गणेश तामाङ्ग र उत्कृष्ट विद्यार्थी शुक्रराज मोक्तानले पनि वोल्नुभएको थियो।

No comments:

Post a Comment