Wednesday, October 16, 2013

वरिष्ठ गायक फत्तेमानको निधन

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

वरिष्ठ गायक फत्तेमानको निधन

    काठमाडौं, २५ भदौ । वरिष्ठ गायक फत्तेमान राजभण्डारीको भाद्र २४ निधन भएको छ । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो । केही दिनअघि फोक्सोमा क्यान्सर देखिएपछि उहाँलाई ओम हस्पिटल, चाबहिलमा भर्ना गरिएको थियो ।
    विसं १९९३ मंसिर १३ मा जन्मनु भएका गायक राजभण्डारीले ४११ भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ...’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ ...’, ‘बनै खायो डढेलोले मनै खायो...’ जस्ता मर्मस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् ।
      स्व. राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
    गायक राजभण्डारीको मंगलबारै पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार (अन्त्येष्टी) गरियो । उहाँको पार्थिव शरीरमा जेठा छोरा रविन्द्र राजभण्डारीले दागवत्ती दिनुभएको थियो ।
    यसअघि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुग्नुभएका अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले राष्ट्रिय झण्डा ओढाएर उहाँलाई सम्मान गर्नुभएको थियो । उहाँलाई श्रद्धाञ्जली दिन ठूलो संख्यामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू पशुपति आर्यघाट पुगेका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete