वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
के हो मन्टेस्वरी शिक्षा पद्धति ?
डा. मारिया मन्टेस्वरी (३१ अगस्ट, १८७१ – ६ मे १९५२) इटालीकी प्रथम महिला
चिकित्सक एवं शिक्षाविद्, दार्शनिक र मानवतावादी महिला हुन् । क्याथोलिक
धर्ममा आस्था भएकी उनी शिक्षाको क्षेत्रमा मन्टेस्वरी शिक्षा पद्धतिको
आविष्कारकका रुपमा चिनिन्छन् । उनको यो शिक्षा दर्शन बालकको जन्मदेखि
किशोरावस्थासम्मका लागि अत्यन्त लाभदायक र प्रमाणिक मानिन्छ । उनको यो
शिक्षा प्रणाली अचेल विश्वभरी नै सामुदायिक तथा निजी तहका विद्यालयहरूमा
उपयोग भएको पाइन्छ । नेपालमा पनि प्रायः निजी तहका विद्यालयहरूमा यसको
सुरुवात र विकास द्रुतगतिमा भएको देख्न सकिन्छ ।
मन्टेस्वरी शिक्षा पद्धतिको सुरुवात किन र कसरी भयो ?
मन्टेस्वरी शिक्षा पद्धति २१ औं शताब्दीको सुरुवात (१९१७ इ.सं) देखि नै
डा. मारिया मन्टेस्वरीले गरेकी हुन् । उनको पृष्ठभूमि शिक्षा दर्शन तथा
मानवतावादी दर्शन नभएर विज्ञान एवं चिकित्सा क्षेत्र हो तर उनी अन्त्यमा
शिक्षा दर्शनकै क्षेत्रमा प्रतिष्ठित हुन पुगिन् । सिकाइमा समस्या
झेलिरहेका विद्यार्थीहरूको निरीक्षण तथा अनुसन्धानमार्फत् उनले बालशिक्षणको
वैज्ञानिक पद्धतिलाई प्रकाशमा ल्याइन् । उनको यो शिक्षण पद्धतिमा
विद्यार्थी केन्द्रित वातावरण तयार गरिएको हुन्छ । यस्तो पूर्वनिर्धारित
वातावरणमा विद्यार्थीप्रति आदरको भावना, बाल–विर्कयाकलापको स्वतन्त्रता,
स्वशिक्षाको अवधारणा, बहु–संचेतनात्मक (Multi-Sensorial) विशिष्ट
शैक्षिक सामग्रीहरूको उपयोग तथा कक्षा कोठामा हिँडडुलको स्वतन्त्रता रहन्छ ।
यस प्रकारको वातावरणमा नै बालबालिकाको नैसर्गिक सामथर्यको विकास हुन्छ
भन्ने प्रमाणिक र वैज्ञानिक चिन्तन नै मन्टेस्वरी शिक्षा पद्धतिको मूल
मन्त्र हो ।
मन्टेस्वरी शिक्षा पद्धति आधारभूत रूपमा सिकाइको
विशिष्ट पद्धति हो जसमा परम्परागत शिक्षणभन्दा भिन्न, बाल अवधारणामा आधारित
अनुकूल वातावरणका साथमा त्यस्ता प्रमाणिक सामग्रीहरूको उपयोग गरिन्छ जसले
बालबालिकाको बौद्धिक, शारीरिक, संवेगात्मक, सामाजिक एवं सिर्जनात्मक सीप
विकासको क्षेत्रमा प्रत्यक्ष सहयोग पु¥याउँछ । यस प्रकारको वातावरणमा
बालबालिकाले आत्मप्रेरणा जागरुक हुने सामथर्यको विकास गर्छन् । यस पद्धतिको
प्रमुख उद्देश्य भनेकै बच्चाहरूको प्राकृतिक क्षमताको विकास गरी
जीवनप्रतिको माया बढाउनु, व्यावहारिक जीवनका विविध क्रियाकलापहरूमा
अनर्तदृष्टि जगाउनु तथा अध्ययनको दायरालाई निरन्तर वृद्धि गर्नु हो ।
कस्तो हुन्छ मन्टेस्वरी कक्षा कोठा ?
मन्टेस्वरी कक्षा बाल आकार–प्रकारको एक छुट्टै दुनियाँ हो । बाहिरी
दुनियाँमा जे–जस्ता सामग्रीहरू अर्थपूर्ण ढङ्गले निर्माण गरिएका हुन्छन्,
त्यस्तै अर्थपूर्ण सामग्रीहरू बच्चाको स्तरअनुरूप यस्तो कक्षाहरूमा निर्माण
गरिएका हुन्छन् । साना बालबालिकाको लागि यो संसार ज्याँदै विशाल एवं
अव्यवस्थित लाग्दछ, ज्यादै भयावह, ज्याँदै जटिल अनि भ्रमपूर्ण लाग्दछ ।
त्यसैले उनीहरू आफ्नो रहरअनुसारको बालसंसार निर्माण गर्न चाहन्छन् ।
उनीहरूले खेल्ने ‘भाँडाकुटी’को प्रतीकात्मक अर्थ पनि त्यही नै हो ।
मन्टेस्वरी कक्षामा तालिम प्राप्त शिक्षिका वा शिक्षकबाट सचेततापूर्वक छनौट
गरिएका सामग्रीहरूको मद्दतले बनेको त्यो बाल संसारले उनीहरूको तहअनुसारको
जीवनोपयोगी ज्ञान आर्जन गर्न सघाउँछ । विविध शैक्षिक सामग्रीहरू तथा तिनका
क्रमबद्ध अभ्यासिक सीपहरूले बालबालिकाको अन्तर्निहित ज्ञान प्रस्फुटन गर्न
प्रेरित गर्दछन् । त्यसै प्रकारले यस्तो वातावरणमा उनीहरूले आफ्नो स्वभाव,
रुचि र गतिअनुरूप साधारणदेखि जटिल (I\sple to co\splex) क्रियाकलापको
अनुभूत गर्न पाउने हुनाले उनीहरूका उत्सुकताहरूको परिपूर्ति हुन्छ र उनीहरू
खुसी र आनन्दित हुन्छन् ।
मन्टेस्वरी कक्षाको वातावरणमा बच्चाबच्चीहरूले कसरी सहकार्य गर्छन् ?
प्रथमतः मन्टेस्वरी पद्धतिले बच्चालाई कक्षाकोठामा छनौटको स्वतन्त्रता
प्रदान गर्दछ । त्यसैले यस्तो वातावरणमा उनीहरूले आफू सक्दो कामलाई
आत्मगौरवका रूपमा लिने गर्छन् । यस्तो कार्यले उनीहरूमा आत्मविश्वास, सहजता
एवं खुसियाली भरिदिन्छ । यिनै भावनाहरूले उनीहरूमा सहकार्यको अवस्था
सिर्जना गरिदिन्छ । मन्टेस्वरी कक्षाहरू यति हेर्नलायकका हुन्छन् कि त्यहाँ
बालबालिका अन्तरहृदयदेखि आदर, माया र सहकार्यको भावनाले ओतप्रोत हुन्छन् ।
मन्टेस्वरी कक्षाकोठामा बच्चाहरू किन व्र्कियाशील रहन्छन् ?
आफ्नो रुचिपूर्ण कार्यप्रति बच्चाहरूको गहिरो माया बसेको हुन्छ । उनीहरूले
ठूलो मान्छे जस्तो न त नाफा आर्जनका लागि काम गर्छन् न त प्रतिस्पर्धाको
भावनाले नै, बरु उनीहरूले कुनै कामप्रतिको भित्री इच्छा एवं अभिरुचिका कारण
काम गर्छन् । यहाँ त्यस्ता क्रियाकलापहरू गराइन्छन् जसले बच्चाको चौतर्फी
विकासमा सहयोग पुर्याउँछ ।
प्रारम्भिक बाल्यावस्था, शिक्षाको अर्थ
र महत्व मलाई जन्मदेखि ११ वर्षसम्मका लागि एउटा बच्चा देओस्, म उसलाई
यस्तो आकार–प्रकार अनि सुशिक्षा दिन्छु कि त्यो बाँकी जीवनभरिका लागि
पर्याप्त हुनेछ ।
प्रारम्भिक बाल्यावस्था बालबालिकाको सर्वाङ्गीण
विकासको ज्याँदै महत्वपूर्ण अवस्था हो किनभने यस समयमा उनीहरूको जीवनको
धरातल (foundation) बनिरहेको हुन्छ । यस समयलाई बालबालिकाको निर्माणाधीन
वर्षहरू (Forsative Years) पनि भनिन्छ । यसै समयमा उनीहरूको जीवनमा नैतिक
मूल्यहरू तथा सामाजिक संरचनाहरू तयार भइरहेका हुन्छन् । हामीले यस समयमा
बालबालिकाले सोच्ने तरिका, बोल्ने तरिका र आनीबानीको विकासमा अनौठो
परिवर्तन देख्न सक्छौं । यो बेलामा उनीहरूका विश्वासपात्र भनेका अभिभावक
तथा शिक्षक–शिक्षिका नै हुन् । त्यसैले हामीहरूले उनीहरूको जीवनको आधारशीला
निर्माण गर्नमा गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । यस अवस्थामा
उनीहरूलाई सुरक्षा, माया र अवसर यी तीन कुराहरूको निश्चितता गरिदिनु पर्दछ ।
हामीहरूले बालबालिकालाई कसरी प्रेरित गर्न सक्छौं ?
प्रथमतः उनीहरूले नजानेको कुरालाई बुझ्ने शैलीमा सिकाएर कमजोरीहरूलाई
सच्याइ दिएर एवं असल कुराको प्रशंसा गरेर प्रेरित गर्नसक्छौं । अझै
महत्वपूर्ण कुरा त हामीहरूले सह–विश्वासको जीवन बाँच्नुपर्छ, इमानदार
बन्नुपर्छ, असल विचारहरू सोच्नुपर्छ तथा राम्रो बानी बसाल्नुपर्छ भन्ने
कुराको उदाहरण बनेर उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।
नेपालको प्रारम्भिक बाल्यावस्था विकासको छोटो झलक
हामीहरूले धेरै वर्षहरूसम्म यो विकास गरिरह्यौं कि बालबालिकाले सानै
उमेरदेखि सुनेको अनि देखेको भरमा पढ्न र लेख्न सक्छन् तर हाल आएर त्यो कुरा
व्यर्थ सावित भयो । ती तीन–चार वर्षका कलिला बालबालिका जसका सूक्ष्म चालक
सीप (Fine Cotor Skills) को विकास भएको छैन अनि जसका हातले राम्रोसँग
कलम समात्नसमेत जानेका छैनन् भने उनीहरूले कसरी ती असजिला अक्षरहरू बनाउन
सक्लान् ? वास्तवमा हाम्रा कलिला बालबालिका किताबैकिताबको ठूलो भारीमा
थिचिएका छन् । गृहकार्यको हुलबाट खेदिएका छन् । परीक्षैपरीक्षाको चपेटाले
च्यापिएका छन् अनि स्कूल र अभिभावकहरूका ठूल्ठूला अपेक्षाहरूले घेरिएका छन्
। अब सोचौं त उनीहरूको स्वतन्त्रता, आकाङ्क्क्षा, सिर्जनशीलता,
कल्पनाशीलता, तार्किकता यी कुरा कहाँ गए ? किताबको त्यति ठूलो भारी नदेख्ने
अभिभावकहरूले यी अदृश्य कुराहरूलाई अन्तदृष्टिले कहिले देख्लान् ? कहिले
पाउलान् बालबालिकाहरूले त्यसबाट मुक्ति ?
बालबालिकाले कुनै कुरा
सिक्नुभन्दा पहिला त्यसलाई स्मरण गर्नसक्ने हुनु जरुरी हुन्छ । घोकन्ते
शैलीको अध्ययनमा यस्तो स्मरण सीपको विकास हुनसक्दैन । परीक्षामा
शिक्षकहरूको सहयोग लिएर परीक्षा पास त गर्न सक्लान् तर केही दिनको स्कूल
बिदापछि प्रायः सबै कुरा बिर्सन्छन् भने त्यसको के अर्थ भयो त ? यस्तो किन
हुन्छ भने वास्तवमा बच्चाहरू मानसिक रूपले कलिला हुन्छन् । उनीहरूलाई स्मरण
सीपको विकास हुने क्रियाकलाप गराउनु पर्दछ । सरलतादेखि जटिलतातिर
अध्ययन–अध्यापनको गति निर्देशित हुनुपर्दछ ।
नेपाल सरकारले पनि
५१ को दसकदेखि शिशु कक्षाहरूका लागि नयाँ पाठयोजनाहरू तयार गरेको छ ।
सरकारले के महसुस गरेको छ भने बालबालिकाको औपचारिक अध्ययन सुरु हुनुभन्दा
अगाडि पूर्व–प्राथमिक तयारी कक्षाहरूमा उनीहरूलाई अभ्यास गराउनु जरुरी
हुन्छ । सरकारले यस्ता पूर्व–प्राथमिक तहको कार्यक्रम दुर्गम गाउँ तथा
स–साना सहरी क्षेत्रहरूमा सञ्चालन गरेको छ । अचेल ‘बाल विकास केन्द्र’
नामबाट त्यस्तो सेवा प्रदान गरिँदै आएको देखिन्छ । समुदायको जागरुकता भएका
त्यस्ता बाल विकास केन्द्रहरूले राम्रो प्रगति गरेको पनि पाइएको छ ।
सरकारले पूर्व प्राथमिक कक्षाहरूमा खेलपद्धतिमार्फत् सिक्ने परिपाटीलाई
प्रोत्साहित गरेको छ । सिर्जनात्मक विषयहरू तथा बालबालिकाहरूको भित्री
चाहनाहरूको प्रस्फुटन हुने पक्षहरूलाई समेट्दै चौतर्फी शिक्षाको अवधारणालाई
अघि सारेको छ । यसका साथै सरकारले पूर्व–प्राथमिक कक्षाहरूमा परीक्षा
प्रणालीलाई पूर्णतः निरुत्साहित गर्न चाहेको छ ।
मन्टेस्वरी अभिभावकले विचार पुर्याउनुपर्ने कुराहरूः
– के तपाईंका नानीहरू पढ्ने मन्टेस्वरी विद्यालयमा प्रमुख शिक्षिका सधैं उपलब्ध अनि सहयोगी हुनुहुन्छ ?
– त्यहाँ अध्यापन गर्ने शिक्षिकाहरू योग्य र प्रमाणपत्र प्राप्त हुनुहुन्छ ?
– विदालयको वातावरण सफा, स्वस्थकर र शान्त छ ?
– विद्यालयमा प्रशस्त मन्टेस्वरी सामग्रीहरू उपलब्ध छन् ?
– ती सामग्रीहरू काँच र काठजस्ता प्राकृतिक वस्तुहरूबाट बनेका छन् ?
– विद्यालयको पाठ्यक्रममा विविध इन्द्रिय चेतना, व्यावहारिक जीवन तथा शैक्षिक क्षेत्रका गतिविधिहरू समाविष्ट छन् ?
– बच्चाहरूलाई बेलाबेलामा मिश्रत उमेर–समूहमा राखेर अध्ययन गराइन्छ ?
– तपाईंको बच्चा जिज्ञासु र व्यस्त देखिनुहुन्छ ?
– विद्यालयमा बच्चाहरूलाई कक्षाकोठामा हिँडडुल एवं क्रियाकलाप छनोटको स्वतन्त्रता छ ?
– बच्चाहरूले आफूले रोजेको कामलाई सन्तुष्ट नहुञ्जेल चाहेजति दोहो¥याई–दोहो¥याई गर्न पाउँछन् ?
– तपाईंको बच्चाले विद्यालयमा सिकेका कुराहरूलाई दैनिक जीवनमा उपयोग गर्न रुचाउनुहुन्छ ?
– तपाईं आफूले बच्चालाई आवश्यक समय दिनुभएको छ ?
– तपाईं बेलाबखतमा विद्यालयमा बोलाइनुभएको छ वा शैक्षिक क्रियाकलापमा समाविष्ट हुनुभएको छ ?
— मधुप्रसाद अर्याल